व्यक्तिगत र गुटगत फाइदाका लागि चाकडीबाजको अन्त्य गरौँ  : युवा व्यवसायी भण्डारी

नेपालमा पछिल्लो पटक पर्यटन तथा होटल व्यवसायमा धेरै युवाहरु सक्रिय हुँदै गएको छन् । विशेष गरेर एक पटक विदेश गएर आएका युवाहरु आफ्नै देशमा केही गरौँ भन्ने उदाहरणका रुपमा उनीहरु यो पेशामा सक्रिय छन् । यसरी सक्रिय भइरहँदा राज्यले पूरा गर्नुपर्ने दायित्वबाट भने उनीहरु वञ्चित हुनु परेको गुनासो गर्दछन् । IMG_4718राज्यलाई व्यवसाय गरेर कर तिरेपछि उचित वातावरण बनाउन सरकारलाई पटक–पटक घचघचाइरहेका छन् । यिनैमध्येका एक हुन् शंकर भण्डारी (टिआर) । २०३९ सालमा गुल्मी जिल्ला रुपाकोट वडा नं.–३ मा जन्मिएका भण्डारी काठमाडौँका सफल युवा होटल व्यवसायी हुन् । मध्यम परिवारमा जन्मिएका भण्डारीले भारतमा रोजगारीको शिलशिलामा गए । तर त्यहाँ खासै राम्रो नदेखेपछि आफै केही गर्नुपर्छ भन्ने सोचेर १५ वर्षदेखि यो पेसामा संलग्न हुँदै आएका छन् । परिवारको जेठो छोरासमेत भएकाले उनमा धेरै जिम्मेवारी पनि थियो । त्यसैकारण आफूले भारतमा कमाएको केही रकम र केही रकम ऋण गरेर उनले २०५९ सालमा काठमाडौँ आएर सिद्धार्थ ग्रुपसँग मिलेर व्यावसायिक यात्रा सुरु गरेको अनुभव सुनाउँछन् । जीवनको धेरै उतारचढावका बीच मैले सुनधारामा २०६२ सालमा किराना पसल हुँदै र २०६३ सालमा होटल व्यसायमा प्रवेश गरेँ उनले अगाडि भने । प्रेसिडेन्ट होटल हुँदै विभिन्न ६ वटा शाखा विस्तार गर्दै प्रेसिडेन्ट ग्रुप अफ होटलमा आफ्नो व्यवसाय विस्तार गरे । स्थापनाको छोटो समयमा अथक प्रयास र मिहिनेतका कारण आफ्नै लगानीमा प्रेसिडेन्ट सेकुवा कर्नरसमेत सुनधारामा सञ्चालन गरिहेका छन् । १ सय जना बढीलाई रोजगारी दिन सफल भण्डारी जीवनलाई उपयोगी र सार्थक बनाउन परिश्रम, मेहनत र सही सोच हुनुुपर्ने बताउँछन् । यसै सेरोफेरोमा रहेर उनै प्रेसिडेन्ट ग्रुप अफ होटलका प्रबन्ध निर्देशक शंकर भण्डारीसँगको विशेष कुराकानी :

१. होटल तथा रेस्टुरेन्ट व्यवसायमा लाग्नुभएको कति भयो र कसरी यस पेसामा आवद्ध हुनुभयो ?
यस पेसामा लागेको लगभग १५ वर्ष जति भयो । यो होटल तथा रेस्टुरेन्ट व्यवसाय भनेको आफँैमा एउटा उद्योग पनि हो जसमा बजारबाट केही कच्चा पदार्थ खरिद गरी ल्याइन्छ र त्यसलाई केही पूर्णता दिई ग्राहकसमक्ष सर्भ गरिने भएकाले यस पेसामा लाग्दा केही उपलब्धी अवश्य हासिल गर्न सकिन्छ भन्ने मनसायले म यस पेसामा आवद्ध भएको हँु ।
२. यो व्यवसाय तपाईंको पुर्खौली व्यवसाय हो कि तपाईंले नै सुरुवात गर्नुभएको हो ? अहिले तपाईंको व्यवसायको स्थिति कस्तो छ ?
यस पेसामा म सामान्य किसान परिवारवाट आएर लागेको हुँ । व्यवसायमा लगनशिलता भएकै कारण पनि हामीले देशका विभिन्न ६ ठाँउमा शाखा बिस्तार गरी सेवा दिइरहेका छौं, जसबाट करिब १०० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिइरहेका छौँ । व्यवसाय विस्तारका क्रममा हामी छिट्टै चितवन र पोखरामा पनि शाखा बिस्तार गर्ने योजनामा रहेका छौँ ।
३. यस व्यवसायका सकारात्मक तथा नकारात्मक पक्षहरु केकस्ता छन् ?

IMG_4707
व्यवसायका सवल तथा दुर्बल पक्षहरु अवश्य नै हुन्छन् । कुनै व्यवसायमा लाग्नुको एउटा मूल उदेश्य नाफा कमाउनु हो । यस व्यवसायमा निरन्तर लाग्दा व्यवसायी आर्थिक रुपमा सवल बन्छ भन्ने मेरो अनुभव छ । नेपालको सन्र्दभमा यो क्षेत्र अत्यन्तै फराकिलो छ जसले व्यवसायीलाई अत्यन्तै ब्यस्त बनाइदिन्छ । यस व्यवसायमा लाग्ने ब्यतिm कहिल्यै भोको बस्नुु पर्दैन । व्यवसायमा निरन्तर लाग्दा पाहुनाहरु नियमित र लोयल हुने भएकाले पाहुनाहरुलाई सन्तुष्ट बनाउन सके व्यवसाय तिव्र विस्तार हुन्छ भने पाहुना सन्तुष्ट हुन सकेनन् भने व्यवसायको औचित्य पनि खतरामा पर्छ । अब नकारात्मक पक्षमा जटिल र अष्पस्ट कानुनी ब्यवस्था र केही अपराधिक मानसिकता भएका मानिसबाट हुने गरेका वद्नामी होटल व्यवसायका समस्याका रुपमा छन् । घर भाडामा लिई व्यवसाय गर्नेहरुलाई घरधनीले समय अगाबै अनुचित रुपमा भाडा बढाउने, काम गर्न दक्ष कर्मचारीहरुको पनि अभाव भएकोले व्यवसायीहरुमै पनि अस्वस्थ प्रतिस्पर्धा हुने एउटा प्रमुख समस्या देखिएको छ । सञ्चारमाध्यममा आउने प्रमाणिततथा अप्रमाणित समाचारहरुले पनि यस व्यवसायमा चुनौती आएको छ ।
४. तपाईंहरुको छाता संगठनको महाधिवेशन आउँदैछ, यो संस्था खास कस्ता व्यवसायीहरुको संगठन हो ?
हो ठिक सुन्नुभो, हाम्रो छाता संगठन होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन यही भाद्र १४ र १५ गते चितवनमा हुदैछ । यो संस्था साना तथा मझौला जसले आफ्नो मेहनत र पसिनामा विश्वास राखी रातदिन नभनी ‘अतिथि देवोः भव’ को मन्त्र जप्दै आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा र सत्कार गर्न ब्यस्त स्वतन्त्र व्यवसायीहरुको संगठन हो ।
५. यस महाधिवेशनबाट संस्थाको कस्तो नेतृत्वको चयनको तरखरमा हुनुहुन्छ ?
असाध्यै महत्वपूर्ण प्रश्न उठाउनुभयो यहाँले, प्रायजसो संगठनमा मैले दुई प्रकारको नेतृत्व देख्ने गरेको छु । एउटा अरुका सामुन्ने चिप्ला कुरा गर्दै अरुलाई भ्रमित पार्ने, ब्यक्तिगत तथा गुटगत फाइदाका लागि चाकडीबाजमा रमाँउछ, अगाडि हजुर हजुर भन्छ तर पछाडि कुरा काट्दै हिँड्छ । आवश्यक परेको बेलामा ठोस निर्णय लिन पनि सक्दैन त्यस्तो ब्यक्ति देख्दा असल लागे पनि त्यसले संस्था डुबाउँछ । अर्को देख्दा अलिकती कंक्रिट लाग्छ, राम्रोलाई राम्रो र नरामो्रलाई नराम्रो नै भन्छ । ब्यक्तिगत स्वार्थ र गुटगत फाइदाभन्दा पनि संस्थालाई सर्वोपरी ठानेर संस्था तथा संस्थामा आवद्ध व्यवसायीहरुको हक हितका लागि रातदिन नभनी काम गर्दछ, आवश्यक परेको बेलामा क्विक डिसिजन लिन पनि सक्दछ । जसले विगतका दिनमा भएका त्रुटिहरुबाट पाठ सिकेर आफुुलाई सच्याउँदै नेतृत्व गर्न सकोस् । वास्तवमा यस खालको नेतृत्व संस्थालाई आवश्यकता छ र हामीले चयन गर्नेछौं ।
६. तपाईंले संस्था स्वतन्त्र त हो भन्नुभो तर संस्थामा निकै राजनीति चलेको छ भन्ने सुनिन्छ नि ?
तपाईंको कुरामा आंशिक सत्यता त छ तर मैले अघिनै भनिसकें यो संस्था वास्तविक होटल तथा रेस्टुरेन्ट व्यवसायी हरुको Non political forum हो । होेला यसमा आवद्ध व्यवसायी मित्रहरु विभिन्न राजनीतिक विचारमा आस्थावान हुनुहुन्छ तर यस संस्थाभित्र कसैले पार्टीगत राजनीति घुसाँउछ भने त्यो संस्थाको हितमा हुँदैन र त्यस्तो नेतृत्वले यस संस्थालाई सही गति दिन पनि सक्दैन । त्यसैले यस संस्थालाई राजनीतिबाट टाढै राख्नुपर्छ भन्ने मेरो  मान्यता हो ।

IMG_4715
७. तपाईं पनि यस संस्थाको कुनै पदमा उम्मेदवारी दिंदै हुनुहुन्छ कि ?
अहिले म यो बारेमा कुनै निष्कर्षमा पुगेको छैन यद्यपि व्यवसायी मित्रहरुले हामीजस्ता वास्तविक व्यवसायी तथा युवाहरुको पनि यस संस्थाको लागि आवश्यकता छ भन्नुहुन्छ भने कार्यसमितिको कुनै एक पदमा उम्मेदवारी दिनेछु ।
८. यदि तपाईं यस संस्थाको कुनै जिम्मेवार पदमा निर्वाचित हुनुभयो भने तपाईंको तर्फबाट संस्थाका लागि के सोच्नुभएको छ ?
बुँदागत रुपमा भन्दा योजनाहरुको लिस्ट लामै हुन सक्दछ तर छोटकरीमा भन्दा यदि म यस संस्थाको कुनै जिम्मेवार पदमा पुगेँ भने प्रथमतः यो वा त्यो नभनी महासंघमा आवद्ध संस्था र ती संस्थामा आवद्ध व्यवसायीहरुको हक हितका लागी लड्नेछु । दोस्रोः यस संस्थालाई देशभित्र मात्र हैन कि विदेशमा समेत विस्तार गरी अन्तर्राष्ट्रिय होटल व्यवसायी महासंघको लागि समेत विषेश पहल गर्नेछु ।
९. हिजो र आज यस व्यवसायप्रति तपाईं व्यवसायीको नजरमा आम मानिसको सोचमा के परिवर्तन पाउनुभएको छ ?
अवश्य पनि हिजो र आजमा होटल व्यवसायप्रति आम मानिसको धारणामा परिवर्तन आएको छ । हिजो यो पेसा एक सामान्य केही नजान्ने र अव्यवसायिक व्यक्तिहरुले गर्ने पेसा हो भन्ने दृष्टिले हेरिन्थ्यो भने आज मानिसको सोचमा धेरै परिवर्तन आइसकेको छ । अहिले यो क्षेत्रप्रति सामान्यदेखि लिएर पढेलेखेको, देश विदेशमा ठुलाठुला सफलता हासिल गरेका, स्रोत सम्पन्न भएको र समाजको इज्जतदार अझै भनौ अन्य ठुला व्यवसाय, कलकारखाना, उद्योगी , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ठुलाठुला सफलता हासिल गरिसकेपछि त्यस्ता व्यक्तिको अन्तिम विकल्प होटल तथा रेन्टुरेन्ट व्यवसाय हुने गरेको
छ । यस मानेमा यो क्षेत्र अलिकति परिस्कृत भएको छ र ठुलाठुला राष्ट्रिय तथा वैदेशिक लगानीहरु भित्रिन थालेको छ ।
१०. अन्त्यमा तपाईं यस व्यवसायमा आवद्ध व्यवसा–यीहरुलाई के सल्लाह दिनुहुन्छ ?
होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रत्यक्ष रुपमा स्वाथ्यसँग जोडिएको हुुँदा सबभन्दा पहिला व्यवसायीहरुले Hygine maintain गर्नुपर्छ । यो व्यवसायको Goodwill   सँग जोडिएको कुरा पनि हो । दोस्रो यस पेसासवन्धी सामान्य नीतिनियम तथा अभिलेख सबन्धी जानकारी लिई व्यवसायलाई गति दिँदा उचित हुन्छ भने यो व्यवसाय पाहुनाहरुलाई नै सर्वोपरी ठानी गरिने व्यवसाय भएको हुँदा व्यवसायी अनुशासित र मर्यादित भई व्यवसाय सञ्चालन गर्दा सफलता हात पार्न सकिन्छ ।                                                                   प्रस्तुती : राजेन्द्र आचार्य