प्रेस सेन्टरको महाधिवेशन असोजमा

 

चितवन, १३  भदौ। प्रेस सेन्टर नेपालको प्रथम महाधिवेशन असोज १३ र १४ गते काठमाडौंमा हुने भएको छ ।
संगठनको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको हो ।press-center-nepal-640x430
महाविधेशनअघि भदौ मसान्तभित्र जिल्ला सम्मेलन सम्पन्न गर्न बैठकले सबै जिल्ला शाखालाई निर्देशन दिएको छ । धेरै जिल्लाले यसअघि नै सम्मेलन गरिसकेका छन् भने बाँकीले भदौ मसान्तसम्म गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै असोज ७ गतेभित्र प्रदेश सम्मेलन गरिसक्न पनि बैठकले निर्देशन दिएको छ । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको एकतापछि सबै प्रदेशमा एकता भेला भए पनि सम्मेलन भने हुन सकेको छैन ।
बैठकले महाधिवेशन प्रतिनिध हुनको लागि केन्द्रीय आयोजक समितिका सवै सदस्यहरु प्रदेश अधिवेशनबाट चुनिएर आउनुपर्ने प्रावधान तय गरिएको महाविधेशन आयोजक समिति प्रचार समिति संयोजक सचिन रोकाले जानकारी दिए।