खैरहनीमा अनैतिक क्रियाकलापमा संलग्न ३ जोडी पक्राउ

अनिल दराई

चितवन ,भदौ १३ । पूर्वी चितवनको लक्ष्मि गेष्ट हाउसमा अनैतिक क्रियाकलापमा संलग्न ३ जोडी आज पक्राउ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्किको नेतृत्वमा खटिएको प्रहरीको टोलीले चेक जाँच गर्दा पक्राउ परेका हुन् ।
सो गेष्ट हाउसमा प्रहरीले अपरान्ह ४ बजे छड्के चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न भएको अवस्थामा नियन्त्रणमा लिईएको हो । उनिहरुलाई कानुन बमोजिम सार्वजनिक मुद्धा चलाईने प्रहरी निरिक्षक कार्कीले जानकारी दिए ।

jodi