शुभ प्रभात महिला विभागद्धारा तिज विशेष कार्यक्रम आयोजना

चितवन, १३ भदौ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकदै गर्दा रत्ननगरस्थित बैरियामा तिज विशेष कार्यक्रम आयोजना गरिएको छ ।

14159127_1046103902153587_780614108_n

रत्ननगर ८ स्थित शुभ प्रभात टोल विकास संस्था अन्र्तगतको शुभ प्रभात महिला विभागले आज तिज विशेष कार्यक्रम गरेको हो । टोलबासीको सहभागितामा भएको सो कार्यक्रममा दर खाएर नाच गान समेत गरिएको थियो ।

कार्यक्रममा तिजका नाममा मौलाउदै गएको तड्कभड्कलाई नियन्त्रण गरि परम्परागत संस्कृति जोगाउनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

14182201_1046103828820261_752085933_n
कार्यक्रममा शुभ प्रभात टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे, सचिव पवित्रा पौडेल,कोषध्यक्ष विष्णु पुरी,संगिता मरहट्ठा लगाएतको सहभागिता रहेको थियो ।

.