लोडसेडिड्ड अनियमितता विरुद्ध ज्ञापन पत्र

चितवन, भदौं १३ । लोडसेडिड्डको तालिका भन्दा पनि बढी विद्युत कटौती भएको कारण रत्ननगर उद्योग वाणिज्य संघले विद्युत प्राधिकरण रत्ननगर वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ । संघको कार्यवाहक अध्यक्ष अनिलकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलिले विद्युत प्राधिकरण रत्ननगर कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । अनाधिकृत रुपमा लाईन काट्ने प्राधिकरणको कार्य तत्काल अन्त्य नभए नगरवासी तथा संघका उद्योगी व्यवसायी सदस्यहरु आन्दोलित हुने अवस्था सृजना हुन सक्ने जानकारी समेत दिईएको छ । नगर क्षेत्रमा विगत केही समय देखि विद्युत आपूर्तिमा बारम्बार अवरोध हु“दा भोग्नु पर्ने कष्टको तत्काल समाधानका लागि आवश्यक पहल कदमी ३ दिन भित्रै नगरवासीले अनुभूति गर्ने र देखिने गरी अनाधिकृत रुपमा भई रहेको विद्युत लाईन कटौती नियन्त्रण गर्न माग गरिएको छ । साथै ज्ञापन पत्रमा प्रस्तुत गरिएका मागलाई यथाशिघ्र समाधानको लागि आवश्यक पहल गर्न गराउन अनुरोध गरिएको छ । ज्ञापन पत्र बुझदै नेपाल बिद्युत प्राधिकरणका रत्ननगरका प्रमुखले यस बिषयमा प्राधिकारण गम्भिर रहेको र क्षेत्रिय तथा माथिलो निकायमा समेत पहल गर्ने बताएका थिए । टोलीमा संघका उपाध्यक्ष राजाराम रेग्मी लगायत विभिन्न वस्तुगत समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।