तरुण दल चितवनको नेतृत्वका लागि विनु पौडेल र निरञ्जन सुवेदीबीच कडा प्रतिस्पर्धा हुने सम्भावना

 

चितवन, भदौं १३ । नेपाल तरुण दल चितवनको चुनावी सरगर्मी बढेको छ । आगामी २० गते हुने निर्वाचनका लागि अहिले अध्यक्षका उम्मेदवारहरु चुनावी दौडधुपमा व्यस्त छन् । तरुण दलको जिल्लाको नेतृत्वका लागि तत्कालिन अध्यक्ष शिव पौडेलकी धर्मपत्नी विनु रायमाझि पौडेल, र निरञ्जन सुवेदीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान अध्यक्ष राम श्रेष्ठले नेतृत्व दोहोर्याउने हल्ला आएपनि श्रेष्ठले सो बारेमा खुलेर भन्नुभएको छैन । यसअघि अध्यक्षमा उम्मेदवारी दिने भनेर दौडधुपमा हिडेका आनन्द राउतले विनुलाई समर्थन गर्ने निश्चित जस्तै भएको छ भने रविन्द्र गौतम पछि हटिसक्नुभएको छ ।BUNI RA NIR JANA
यसैबीच, चितवन जिल्लाभर १ सय ३४ ठाउँमा हिजो निर्वाचन भएका छन् । आगामी भदौ २० गते हुने जिल्ला अधिवेशनको आधारका रुपमा हिजो विभिन्न चुनावी प्रक्रिया सुरु भएको हो । १४ गते नगर अधिवेशन, १६ गते क्षेत्रप्य अधिबेशनपछि २० गते जिल्ला अधिबेशनको कार्यक्रम छ । नगर, गाउँ तथा क्षेत्रीय अधिवेशनबाट ३ सय ८७ जना प्रतिनिधि छानिने मूल समिति संयोजक नेपाल तरुण दल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठको संयोजकत्वमा १ हजार एक सदस्यीय तयारी समिति गठन भएको छ । जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित निर्वाचन क्षेत्रअन्तर्गत जिल्ला सदस्य निर्वा्चित गर्नेछ भने बाँकी अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।