कृषि विश्वविद्यालय र त्रिविबीच फेरि विवाद

 
भरतपुर, १३ भदौ । त्रिभुवन विश्व विद्यालय र नवगठित कृषि तथा वन विश्व विद्यालयबीच फेरि विवाद उत्पन्न भएको छ । रामपुरमा रहेको जग्गा हस्तान्तरण नगरेको र हैटौंडामा विद्यार्थी भर्ना नरोकेको विषयमा त्रिविसँग लामो समयदेखि लड्दै आएको कृषि विश्वविद्यालयले रामपुरमा पदस्थापन हुने गरेर त्रिविले नयाँ डिन नियुक्त गरेको भन्दै विरोध सुरु गरेको छ ।
त्रिविले गएको साउन ३२ गते कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरसँग सम्बन्धित रहने गरेर नयाँ डिन नियुक्त गरेको कृषि तथा वन विश्व विद्यालयका उपकुलपति डा।आईपी ढकालले बताए । रामपुर कृषि क्याम्पसको परिसरमै कार्यालय रहने गरेर नयाँ कृषि तथा वन विश्व विद्यालय गठन हुने भनेर ऐनमै व्यवस्था भएपनि सम्पति हस्तान्तरण विवाद सुल्झिएको छैन ।rampur-3-800x445
डिनलाई पदास्थापन गरेर त्रिविले रामपुरमै कृषि र भेटेरीनरीको पढाइ सुरु गर्ने आधार बनाउन लागेको भन्दै कृषि विश्व विद्यालयका पदाधिकारीले आपत्ति प्रकट गरेका छन् । कृषि विश्व विद्यालयले रामपुरमा विसं। २०६९ सालदेखि विद्यार्थी भर्ना सुरु गरेर हाल स्नातक, स्नातकोत्तर र विद्यावारिधी ९पिएचडी० तहसम्मको पठनपाठन गराउँदै आएको छ ।
त्रिविले रामपुरमा ६९ सालदेखि नै विद्यार्थी भर्ना लिन छाडेको थियो । यस अगाडि पढ्दै गरेका कृषितर्फमा सबै विद्यार्थीको अध्ययन पूरा भएको छ भने पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीको पाँच महिनापछि अध्ययन पूरा हुनेछ । मकवानपुरको हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा त्रिविले ७० सालदेखि विद्यार्थी भर्ना नगर्ने भने पनि अहिलेसम्म लिँदै आएको छ ।
‘यसअघिका डिन रामपुरमै नबसेर कार्यकाल पूरा गरे । फेरि रामपुरमै रहने गरेर नयाँ डिन नियुक्त गरेर त्रिविले कलहको नयाँ बीउ रोपेको छ’ कृषि तथा वन विश्व विद्यालयका उपकुलपति डा।ढकालले भने । त्रिविका पदाधिकारीहरु आएर चलखेल गरेमा आफूहरुलाई मान्य नहुने भन्दै कृषि तथा वन विश्व विद्यालयका पदाधिकारीहरुले दुःख मनाउ गरेका छन् ।
कृषि तथा वन विश्व विद्यालयमा हाल १ हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन् । पोखराको पुरञ्चौरमा विश्व विद्यालयले एउटा आंगिक क्याम्पस सञ्चालन गरेको र मकवानपुरको पालुङमा कृषि विज्ञान केन्द्र खोलेर अनुसन्धानलाई जोड दिएको डा।ढकालले जानकारी दिए । एक प्रकारले रफ्तार लिन थालेको विश्व विद्यालयलाई त्रिवि जस्तो पुरानो संस्थाले दुःख दिन नहुने उनले बताए ।
नयाँ संकट थपिन लागेपछि कृषि विश्व विद्यालयका पदाधिकारीहरुले राजनैतिक दल र संघसंस्थाका पदाधिकारीहरुसँग पनि छलफल अगाडि बढाएका छन् । आइतबार नै दल र संघसंस्थाका प्रतिनिधिबीच छलफल थियो । तर कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सहभागी भएनन् ।

.