नविन अटोले पायो फेरि यामाहा उत्कृष्ट डिलर अवार्ड

चितवन, १३ भदौ । चितवनको नविन अटो सेन्टरले फेरि एक पटक यमाहा उत्कृष्ट डिलर अवार्ड २०७३ हात पार्न सफल भएको छ । चितवनको लागि यामाहा बाईकको लागि आधिकारिक विक्रेता रहेको सेन्टरले कम्पनीले दिएको लक्ष्य पुरा गर्दै उक्त अर्वाड हात पार्न सफल भएको हो ।

14045110_1150330221677167_1349822040_o
मलेशियामा आयोजित एक भव्य समारोहका विच एम ए डब्लु ईन्टरप्राईजेज प्रा.लिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सेन्टरका सञ्चालकद्धय कपिलसागर कर्माचार्य र सुनिता कर्माचार्यलाई प्रदान गरेका थिए ।13987776_1150329601677229_2079913386_o

यसअघि गत बर्ष समेत सेन्टरले देशभरका डिलरहरु पछि पार्दै उक्त अवार्ड पाएको थियो । अवार्डसगै सेन्टर सञ्चालकलाई मलेशिया एक हप्ता भ्रमण समेत कम्पनीकै खर्चमा गराउने जनाएको छ । यो अवार्ड हामीले मात्र पाएको होईन् सेन्टरका सञ्चालक कपिल कर्माचार्यले भने–यामाहा बाईकलाई मनपराएर बाईक खरिद गर्न सबै ग्राहकहरुको सफलता हो ।image-0-02-01-b3523589ba2197d647b8e7ae8de5770755fd057c0e6865ff93c6ececa5fe7ecb-V
एम ए डब्लु ईन्टरप्राईजेज प्रा.लि मार्फत नविन अटोले चितवनमा यामाहा मोडलका मोटरसाईकल तथा स्कुटर विगत २३ बर्ष देखि यहांका ग्राहकहरु बिक्रि गर्दै आएको सेन्टरका महाप्रबन्धक राजु स्वर्णकारले जानकारी दिए । चितवनमा बिक्रि हुने विभिन्न मोडलका बाईक मध्ये यामाहा कम्पनीको बाईक उत्कृष्ट र धेरै बिक्रि हुने बाईकमा पर्दछ ।