तरुण दलको अधिबेशन सकियो

 

चितवन, १२ भदौ । नेपाल तरुण दल चितवनको अधिवेशन अन्तर्गत आज नगरको वडा तथा गाउँ अधिबेशन भएको छ । अधिबेशनले ८ जना गाँउ अध्यक्ष र १ सय २६ जना नगरको वडा सभापति चयन गरेको छ । त्यस्तै अधिबेशनले २ सय ५२ जना प्रतिनिधि चयन गरेको छ । भने ८ गाउँ विकास समितिबाट अध्यक्ष सहित ४० जना जिल्ला प्रतिनिधी चयन गरेको छ । उत्साहTarun-Dalपूर्ण तरिकामा भएको अधिवेशनमा ९५ प्रतिशत स्थानमा निर्विरोध भएको नेपाल तरुण दल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकार िदिनुभयो ।
नगरको वडा अधिबेशनमा वडा संयोजक सहित चार जना प्रतिनिधि चयन गरेको छ । त्यस्तै गाउ अधिबेशनले एक अध्यक्ष सहित पाँच जना प्रतिनिधि चयन गरेको हो ।
एक महिला, एक समावेशी र एक खुला प्रतिनिधि छनोट हुने प्रावधान अनुसार वडा संयोजक र खुल्ला तर्फको प्रतिनिधिले मात्र जिल्ला अधिबेशनमा मतदान गर्न पाउनेछन ।
अधिवेशनको कार्यक्रम अन्र्तगत भाद्र १४ गते नगर अधिवेशन हुने छ भने १६ गते क्षेत्रिय अधिबेशन पछि २० गते जिल्ला अधिबेशन हुने कार्यक्रम रहेको छ । गाउँ , नगर तथा तथा क्षेत्रिय अधिवेशनबाट ३ सय ८७ जना प्रतिनिधि जिल्ला अधिबेशनमा सहभागि हुनेछन । तीन हजार ३४ जना पूर्णकालीन रहेको नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशनले चुनावि माहोल बढेको छ ।

जिल्ला अधिबेशनको उद्धघाटन नेपाली काँग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्रि गगन थापाले गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिबेशनले अध्यक्ष , उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष सहित निर्वाचन क्षेत्र अन्र्तगत जिल्ला सदस्य निर्वाचित गर्नेछ । भने बाकी अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । नेतृत्वका आकांक्षीहरुको दौडधुप पनि तिब्र भएको छ ।