लायन्स क्लब अफ बिरेन्द्रनगरको चाटर्ड नाईट सम्पन्न

चितवन, १२ भदौ । लायन्स क्लब अफ चितवन, बिरेन्द्रनगरको प्रथम चाटर्ड नाईट शनिबार साँझ सम्पन्न भएको छ ।

बिरेन्द्रनगर स्थित तालिम केन्द्रको सभाहलमा आयोजित बिशेष कार्यक्रमका बिच क्लबलाई सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

14112037_797430857065261_2097601726_n

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशलन ३२५ बि टु नेपालका डिस्ट्रिक्ट गभर्नर एम.जे.एफ.ला. घनश्याम भट्टराईले छोटो समयमा बिरेन्द्रनगर ईकाईले उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

14138456_797431173731896_513525107_n

सो कार्यक्रममा पास्ट डिस्ट्रिक्ट गभर्नर ला. भोलानाथ पौडेल, पि.आर.ओ.ईन.चिफ .ला. ज्ञानु प्रसाद न्यौपाने, एरिया ३ का एरिया को–चिफ ला. निरज श्रेष्ठ, लायन्स क्लब अफ संगमचोक नारायणगढका अध्यक्ष ला. दुर्गादत्त अधिकारी, लियो क्लब अफ चितवन बिरेन्द्रनगरका अध्यक्ष प्रकाश कालाखेती लगायतको सहभागीता थियो ।

14111686_797430930398587_777753079_n

कार्यक्रम लायन्स क्लब अफ चितवन, बिरेन्द्रनगरका अध्यक्ष ला. राजकुमार कडेंलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

14169527_797430933731920_1935920972_n