नारायणी बराह ज्वेलरी इण्डष्ट्रिजको कारोबार शुरु

शंकर सुबेदी,
चितवन, भदौं १२ । नारायणगढमा नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले शनिबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।
वाणिज्य तथा आर्पुति विभागका निर्दैशक शम्भुप्रसाद कोइरालाले उद्घाटन गर्नुुभएको नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा लि.को करिब छ करोडको लगानीमा नारायणगढमा सुनचाँदीका आधुनिक डिजाइनका गरगहना बिक्रि वितरण सुरु गरेको हो ।Narayani-baraha-jo
मौलिक एव्म परम्परागत गर गहनाहरुको संरक्षण एव्म विकास गर्दै देश भित्रै रोजगारीको अवसर सृजना गरि सिंगो देशलाई नै सम्वृद्ध पार्ने उदेश्य बोकेर इण्डष्ट्रिज अगाडी बढेको नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) ले बताए ।
२०५२ सालमा धरानबाट बराह ज्वेलरीको नामबाट संचालनमा आएको यस इण्डष्ट्रिजले ११ वर्षको अन्तरालमा छ वटा स्थानबाट कारोबार गर्दै आएको छ । इण्डिष्ट्रिजले देशभित्र पोखरा र काठमाण्डौमा र देश बाहिर बेलायत, चीन र हङ्गकङ्गबाट पनि कारोबार भइरहेको विश्वकर्माले बताए ।
चितवन तिब्र रुपमा विकासको बाटोमा अगाडी बढिरहेकोले सबै क्षेत्रका लगानी कर्ताको रोजाईमा पर्ने गरेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले बताए । उनले नेपालमा सुनचादीको कारोबार गर्ने ब्यवसायीहरु प्रति राज्यको निति स्पष्ट नहुदा समस्यामा पर्ने गरेको बताए ।
उनले भने राज्यले निति पनि नल्याउने ब्यवसायले ल्याएको निति पनि नमान्ने भएकोले ब्यवसायीले दुख पाएका छन् । सरकारले सुन कारोबार सम्बन्धी निति जति सक्दो चाडो बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल सुनचादी ब्यवसायी संघ चितवनका अध्यक्ष जिवनज्योति सदासंकर , नेपाल पत्रकार महासंघ सुनसरीका सभापति केशव घिमिरे, राप्रपाकी केन्द्रिय सदस्य मिना स्वर्णकार लगायतले शुभकामना मन्तब्य राखेका थिए ।