गैँडाकोट ७ का बासिन्दा ३ दिन देखी अन्धकारमा, अझै तिन दिन अन्धकारमै

लक्ष्मी पौडेल
गैँडाकोट, १२ भदौ । गैँडाकोट नगरपालीकाको वडा नं सातमा बिद्युतको ट्रान्सर्फमर पड्कीदा स्थानीय बासिन्दा तिन दिन देखी अन्धकारमा छन् । भदौ १० गते साँझ वडा नं ७ को हरिहर मन्दीर क्षेत्रमा पड्केको ट्रान्सफर्मर मर्मत भईनसक्दा स्थानीय १ सय ११ घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । नेपाल बिद्युत प्राधीकरण गैँडाकोट शाखाले नयाँ ट्रान्सर्फमर नभएका कारण पड्केकै ट्रान्सफर्मर मर्मत गर्न समय लाग्ने बताएको छ । हाल ट्रान्सर्फमर निकालेर मर्मतको काम सुरु भएको भन्दै प्राधीकरणका प्राबिधीक ईन्चार्ज चित्रबहादुर रानाले अबको तिन दिन भित्र मर्मत भईसक्ने बताउनुभयो । तिन महिना अघि पनि सोही स्थानमा ओभर लोडका कारण ट्रान्सर्फमर पड्केको थियो । गैँडाकोट सात मा कृषीबाली तथा फर्महरु सञ्चालनमा लाईन नहुँदा बोरिङबाट पानी राख्न नपाईएकोले समस्या परेको छ । नियमीत पानी राख्नुपर्ने खेतीमा तिनदिन देखी पानी राख्न नपाउदाँ बाली सुक्न थालेको स्थानीयलाई उदृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र पौडेलले बताउनुभयो । प्राधीकरणका प्राबिधीक ईन्चार्ज रानाले पड्केको ट्रान्सफर्मरलाई अब निकालेर क्वाईल बाँधेर २४ घण्टा तताएर सेट गर्नुपर्ने तथा स्पेयर नभएका कारण तिन दिन लाग्ने बताउनुभयो । उहाँका अनुसार मर्मत गर्ने ठाउँमा पनि समयमै मर्मत नहुँदा समस्या भएको छ ।
प्राधीकरणसंग ट्रान्सफर्मर अभाव
यता नेपाल बिद्युत प्राधीकरण गैँडाकोटले मौज्जाद ट्रान्सफर्मर नहुँदा समस्या भएको बताएको छ । साविक गैँडाकोट गाविसमा ८ हजार ग्राहकका लागी जम्मा ३३ वटा ट्रान्सर्फमर मात्रै भएकोले विग्रदा नयाँ राख्न नपाईएको प्राधीकरणको भनाई छ । प्राधीकरणका अनुसार गैँडाकोटमा तत्काल ७ वटा ट्रान्सफर्मर मौज्जाद हुनुपर्ने हो । ट्रान्सफर्मरका लागी कावासोती शाखामा पटक पटक आग्रह गरेपनि केन्द्रबाटै नआएको बताईएको छ । ट्रान्सफर्मर मागका लागी प्राधीकरणको मात्रै प्रयास प्रयाप्त नभएको भन्दै टोल सुधार समिती र स्थानीयबाट पनि दवाब दिन सके थोरै मात्र भएपनी ट्रान्सफर्मर ल्याउन सहयोग पुग्ने अपेक्षा प्राधीकरणको छ ।