गैंडाकोट स्थित जयश्रीखोलाको पुल मर्मत कार्य पूरा हुन सकेन

नवलपरासी, ११ भदौ । पुल भत्किएको एक बर्ष बितिसक्दापनि पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैंडाकोट स्थित जयश्रीखोलाको पुल मर्मत कार्य पूरा हुन सकेको छैन् । २ करोड ५० लाखको लागतमा एड्भेन्चर कन्ट्रक्सन प्रालिले पुलको मर्मत कार्य जिम्मा लिएको भएपनि हालसम्म पनि मर्मतको काम पूरा हुन नसकेको हो ।

jaya shree
कम्पनीले २०७३ असार मसान्तमा काम पूरा गर्ने गरी ठेक्का लिएको भएपनि मर्मतको काम ढिलाई गर्दै आएको छ । जसका कारण समयमा पुलको मर्मत हुन नसक्दा यात्रु र सवारी साधन आवत जावतमा समस्या छ । जय श्रीखोलामा ओभरलोडका सवारी साधन गुड्दा गत २०७२ साउन ११ मा पुल भत्किएको थियो । पुल भत्किएको केही महिना पछि बेलीब्रिज निमार्ण गरेपनि बेलीब्रिजले आवश्यकता अनुसार पुलको काम हुन सकेको छैन् । डाईभर्सनबाट एक पटकमा ४ । ५ वटा मात्र सवारी साधन चल्न सक्ने भएपछि यात्रु र सवारी साधन सडकमा केही बेर कुुनुपर्ने बाध्यता छ । ३२ मीटर लामो पुल गत बर्ष मात्रै मर्मत सम्पन्न भएको थियो । करिव ५ वर्ष अघि यसरी नै पुल भत्किए पछि सामान्य मर्मतका भरमा पुल संचालनमा आएको थियो । नेपाली राजमार्ग र पुलहरुले २० टन माथिको भार नधान्ने विज्ञहरुले बताईरदा २१ टन माथिको भार बोकेका मालबाहक ट्रक कन्टेनरहरु निर्वाध कुद्ने गर्दा पुलहरु कम समयमै कच्चो हुने गरेको प्राविधिकहरु बताउछन् ।

नवलपरासीको करिव १ सय कि.मि. सडक खण्डमा करिब एक दर्जन यस्ता पक्कीपुल जीर्ण छन् । झण्डै चार दशक अघि राजमार्ग भारत सरकारले निर्माण गरेको भए पनि पुलका फलामे प्लेटहरु बेलायती भएकाले सोही मापदण्डको सामान झिकाउन महिनौ लाग्ने हुदा पुल मर्मतमा पनि ढिलाई हुने गरेको प्राविधिकहरुले दाबी गरेका छन् ।