दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयको तीन बुँदे कडा कार्ययोजना

काठमाडौं ११ भदौं । गृह मन्त्रालयले मुलुकभर बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न बिशेष रणनीतिसहितको सर्कुलर सम्बन्धित जिल्लामा पठाउने तयारी गरेको छ ।सवारी ऐनको बर्खिलाप गरि यातायात संचालन भएकै कारण दिन प्रति दिन दुर्घटना बढेको निष्कर्ष निकाल्दै गृहले तत्काललाई ३ बुँदे निर्देशनसहितको कार्ययोजना कडाईका साथ पालना गराउन जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गर्न लागेको छ ।School-Bus

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले अहिलेसम्म व्यवहारिक पाटोलाई हेरेर यातायात संचालनमा प्रशासनले उदारता देखाएपनि अवदेखी यातायात क्षेत्रमा कठोर नियम लागू गर्न लागिएको जानकारी दिए ।उनका अनुसार गृह मन्त्रालयले तयार गरेको दुर्घटना न्युनिकरणको रणनीतिक कार्ययोजनामा यात्रुबाहक सवारीमा सिट क्षमता भन्दा एक जना यात्रु पनि बढी राख्ने पाइने छैन, सवारी साधनको भार बहन क्षमताको प्रहरीले बिशेष निगरानी गर्नेछ । यस्तै यात्रु बाहक बसमा यात्रुको सामान बाहेक खसी बोका वा अन्य कुनै भारी सामान राख्न पुर्णरुपमा रोक लगाइनेछ ।