घाईते गैंडाको अबस्था सुधारोन्मुख

राजेन्द्र आचार्य
चितवन, ११ भदौ । तस्करको ६ वटा गोली लागि गम्भिर घाईते बनेको दुर्लभ एक सिंगे गैंडाको अबस्था सुधारोन्मुख देखिएको छ ।
भदौ ५ गतेका दिन रौतहटको जंगलमा तस्करले हानेको ६ वटा गोली लागेर गम्भिर घाईते बनेको दुर्लभ एक सिंगे गैंडाको अबस्था सुधारोन्मुख देखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।14138423_1187733154601821_1811521403_n
निकुञ्जले यही ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिव १५ बर्षको भाले गैंडाले झण्डै ५ दिनको अथक उपचारको प्रयास पछि चरण गर्न सुरु गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियन पाठकले जानकारी दिए । 14152077_1187731967935273_57752771_o
६ वटा गोली मध्ये धेरै गोली टाउकोमा भएकाले गैडालाई समस्या थियो उनले भने । तर अहिले विस्तार घास खान थाल्दा निकै हर्षित भएका छौं । अब उसले हामीले भन्दा पनि आफै घास खाएपछि थगरिने छ । गैंडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ ।14139318_1187732371268566_1588129224_o
रौतहटबाट चितवन निकुञ्जले यही ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिव १५ बर्षको भाले गैंडाले विस्तारै उपचारपछि चरण क्षेत्रमा घुमिफिरलाई पनि बढाएको उनले बताए । यसअघि गैडालाई निकुञ्जका कर्मचारी र सेनाले बन्दा, स्याउ, पानी र अन्य तरकारीजन्य बस्तु मुख उघारेर खुवाउदै आएका थिए । 14138563_1187733137935156_1994085483_n
सौराहामा घाईते गैडाको निकुञ्जका डा. कमल गैरेसहितको प्राविधिक टोली र नेपाली सेनाको श्रीजगं गणका सेनाहरुले गैडाको उपचार साथै रेखदेख गर्दै आएको छन् । टेन्ट टाँगेर २४सै घण्टा गैंडाको निकरानीमा टोली खटिएको श्रीजंग गणका गणपति माधव थापाले बताए । रौतहटको चन्द्रपुर नगरपालिका २ गैंडाटारमा तस्करबाट हानेको गोली लागेर गैंडा गम्भिर घाईते भएको थियो ।