त्रिशुलीमा बालुवा बोकेको ट्रक खस्यो, सात घाइते

राजेन्द्र आचार्य

चितवन ११ भदौ। मुग्लीनबाट नारायणगढ तर्फ जाँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको छ ।

16082650yjhhrdg
मुल्लीन नारायणगढ सडक खण्डको जल्लविरेबाट ना ३ ख ४५५६ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

बालुवा लिएर जाँदै गरेको ट्रकमा चालक सहित ७ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतकी जोधा शर्मा, चालक माडी का प्रकाश थापा, सोही ठाउँकी सविना चौधरी,विया चौधरी,प्रेम चौधरी , खोमन चौधरी, कल्पना चौधरी

घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहकाे छ ।

डाइभरले विपरित दिशाबाट आएको बसलाई साइड दिन खोज्दा त्रिशुलीमा खसेको घाइतेले जनाएका छन् ।

यसअघि हिजो राैतहटको गाैरबाट पोखरा जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । फाइल फोटो