त्रिसुली नदिमा बस खस्दा ज्यान गुमाउनेको संख्या २१ पुग्यो,१६ घाईतेको उपचार हुँदै/१ बेपत्ता (घाईतेको नामावली सहित)

चितवन, १० भदौ । नारायणगढ मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । १६ जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् ।

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस स्थित कालीखोलाबाट झण्डै सय मिटर तल त्रिसुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

16082650yjhhrdg

घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा ल्याईएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।

बस दुर्घटनामा वालवालिका समेत घाइते बनेका छन् । चितवन अस्पतालमा भर्ना भएका केही घाइतेहरुको विवरण प्राप्त भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ९ जना घाइतेमा वालवालिका समेत छन् ।

अस्पतालमा ५ वर्षीया वालिका स्वेता गुप्ता र ९ वर्षकी निली साहलाई भर्ना गरिएको छ । त्यस्तै अर्का ५ वर्षका वालक प्रिन्स साह पनि अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल भर्ना गरिएका दुई वर्षका एक शिशुको भने नाम नखुलेको छैन ।

त्यस्तै घाइते अवस्थामा अस्पताल भर्ना गरिएकाहरुमा गौर नगरपालिका निवासी सुसन श्रीवास्तव र भारत घर भएका १८ वर्षका रोशन गुप्ता समेत छन् ।

धादिङ घर भएका गाडीका सहचालक ३० वर्षका राजन पाण्डे पनि घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् । बस चालकको अवस्था भने खुलेको छैन ।

त्यस्तै पोखरा नगरपालिका बस्ने निमिका थापा पनि अस्पताल भर्ना भएकी छिन् । बारा निजगढका २८ वर्षका रोशन गुप्ता पनि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।

रौतहटका ४० वर्षीया सन्देश साह र सर्लाहीका २५ वर्षीय अविनाश चौधरी चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।

अहिलेसम्म १७ जना घाइते भनिए पनि अस्पतालमा ११ जनामात्रै ल्याइ पुर्याइएको छ । चितवनका तीनवटा अस्पतालमा घाइतेलाई राखिएको छ । बिहान साढे ३ बजेतिर दुर्घटना भएको बताइएको छ ।

16082650fhgfhfh

मृतकहरुको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो ।