अपडेट: चितवन बस दुर्घटनामा २० जनाको मृत्यु : १७ घाइते, एक बेपत्ता

१० भदौ  : नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। १७ जना घाइते भएका छन् भने एक जना हराइरहेका छन्

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए।

प्रहरीका अनुसार बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन। अहिले उद्दार तथा खोजीको काम भैरहेको प्रहरीले जनाएको छ।

.