यात्रु बस त्रिशुली नदीमा खस्यो, २० जनाको घटना स्थलमै मृत्यु
चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नंको रात्रिबस मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ आज बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।बसमा कम्तिमा ४०-४५ जना यात्रा गरिएको अनुमान गरिएको छ
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार १७ जना घाइतेको उद्धार भइसकेको छ उद्धारकालागि घाइतेलाई भरतपुर तर्फ पठाएको स्वयम उद्धारकालागि खटिनुभएका उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनु भएको छ ।