सवारी दुर्घटनामा एकको मृत्यु

दयाराम आचार्य ।
नवलपरासी,भदौ ७ ।
पूर्व पचिश्मराजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट जयश्रि पुल नजिक गएराती सवारी दुर्घटनाहुदा एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ४ ख ८६२२ नम्बरको ट्रकमा ना २३ प ८१७५ नम्बरको मोटरसाईकल पछाडिबाट ठक्कर खादा सो दुर्घटना भएको हो। दुर्घटनामा परी प्युठान घर भई हाल चितवन बस्दै आएका वर्ष ४४का सुरेस खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका खत्रिको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।