तेस्रो शैक्षिक मेला भदौ १५ देखि हुने

चितवन, ०६ भदौ । चितवनमा भदौको दोस्रो हप्तादेखि तेस्रो शैक्षिक मेला हुने भएको छ ।
चितवन ग्रीन लायन्स तथा लियो क्लबको आयोजनामा भदौ १५ देखि १७ गतेसम्म भरतपुरको होटल रोयल सेन्चुरीमा तेस्रो एनपीआई शैक्षिक मेला २०१६ को आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पहिलो र दोस्रो शैक्षिक मेलाको सफलतापछि तेस्रो शैक्षिक शैक्षिक मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 14055146_1405264112822082_3846044876609215676_n
नेपाललाई शैक्षिक गन्तव्य बनाउनको लागि शैक्षिक मेलाले मह¤वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक दिपक चन्द्र भट्टराईले बताए । नेपालबाट वैदेशीक अध्ययनको लागि विद्यार्थीहरु विदेशीने क्रम बढ्दै गएको अवस्थामा शैक्षिक मेलाले विद्यार्थीलाई नेपालमा नै पढ्नको लागि उत्प्रेरणा गर्ने समेत भट्टराईको भनाइ थियो । उक्त शैक्षिक मेलामा चितवन तथा काठमाडौका कलेजहरुको समेत सहभागिता रहने बताइएको छ ।
चितवन तथा नवलपरासीलगायत आसपासका जिल्लाहरुमा विद्यमान विद्यार्थीहरुको भविष्यप्रतिको अन्योलतालाई सम्बोधन गर्ने र उनीहरुको भविष्यको सही मार्ग निर्देशन गर्नु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त पत्रकार सम्मेलनमा अक्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका पिन्सिपल हरि भण्डारीले नेपाली विद्यार्थीहरु विदेशीने क्रम बढ्नुले नेपाललाई भविष्यमा ठूलो नोक्सान हुनसक्ने बताए । नेपालबाट हजारौँ विद्यार्थीहरु वैदेशीक अध्ययनको नाममा जाने भएपनि उनीहरुमध्ये अधिकांशले पढाई छोडेर काम गर्ने गरेका भण्डारीको भनाइ थियो ।