बचाउन धेरै जटिल छ घाइते गैंडालाई (तस्वीरसहित)

चितवन, ०६ भदौ । रौतहटको चन्द्रपुरमा शिकारीको गोली प्रहारबाट घाइते भएको गैंडालाई आइतबार चितवन ल्याइएको छ ।14068447_10209054428230797_3055101713803610166_o
७र८ वटा गोली लागेर सख्त घाइते भएको गैंडालाई उद्धार गरी पूर्वीचितवनको जनकौली सामुदायिक वनमा छाडिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।14079839_1214138815285756_2347380434721493524_n गैंडा घाइते भएकोे निकुञ्जलाई जानकारी आएपछि डा।पुरुषोत्तम पाण्डे नेतृत्वको टोली रौतहट पुगेर घाइते गैंडाको उद्धार गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज वा पर्सा वन्यजन्तु आरक्षबाट गैंडा त्यहाँ गएको हुन सक्ने निकुञ्जको अनुमान छ । 13996224_10209054429670833_1781385763350270617_oघाइते गैंडालाई ट्रकमा राखेर चितवन ल्याइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । जनकौली सामुदायिक वन निकुञ्जको पूर्वीसेक्टर कार्यालयसँग जोडिएको वन हो । गैंडाको टाउकोमा चारवटा र ढाडमा एकरएक गोली लागेको निकुञ्जका संरक्षण अधिकृत कँडेलले बताए । गैंडा हिँड्न सक्ने अवस्थामा नरहेको उनले बताए ।14100391_1214138768619094_7581572190614213421_n
घाइते गैंडाको उपचार गर्न सहज हुने र निगरानी बढाउन सक्ने भएकाले सामुदायिक वनमा गैंडा छाडिएको निकुञ्जले जनाएको छ । वनमा ल्याएर छाडिएको गैंडा जोगाउन उपचार र निगरानीको काममा आफूहरुले पनि सहयोग गर्ने वनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।14066394_10209054429870838_2357673390819045589_o
एक अर्कामा जुधेर अथवा सिकारीको गोली लागेर घाइते भएका गैंडालाई अहिलेसम्म बचाउन सकिएको छैन । गैंडाको उपचार पद्दति प्रभावकारी नभएका कारण कुनै पनि घाइते गैंडालाई बचाउन नसकिएको निकुञ्जले स्विकार गर्दै आएको छ । ७र८ वटा गोली लागेर घाइते भएको सो गैंडालाई बचाउन सक्नेमा निकुञ्ज ढुक्क छैन । आइतबार बिहान ३ बजे रौतहटबाट ट्रकमा ल्याइएको गैंडा ६ घण्टामा चितवन ल्याइएको थियो ।

.