तीजलाई सांस्कृतिक पर्वको रुपमा मनाउन आग्रह

चितवन, ०६ भदौं । तीज पर्वलाई विकृतिको रुपमा नभई संस्कृतिको रुपमा मनाउनु पर्ने अन्तर पार्टी महिला सञ्जाल चितवनले जनाएको छ । सोमबार भरतपुरमा हिरतालिका तीजको सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै तीजलाई संस्कृतिको रुपमा अनुशरण गर्दै जानुपर्नेमा सहभागीहरुलाई सञ्जालले आग्रह गरेको हो । 14114072_1300963906588086_2054015939_o
तीजलाई सभ्य र सुसंस्कृत बनाउन प्रतिबद्ध रहेको कार्यक्रमका सहभागीहरुले बताए । तीजलाई विकृतिको रुपमा होइन संस्कृतिको रुपमा मनाऔं भन्ने नारा सहित जिल्ला विकास समितिको कार्यालय चितवनको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल चितवनले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, आमा समूह तथा महिला समूहका प्रतिनिधि, अधिकारकर्मी, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले सबैको सहकार्य विना तीजलाई भड्किलो हुनबाट रोक्न नसकिने बताए । जिल्ला प्रशासन कार्यालयले तीजलाई भड्किलो नबनाउन सबैमा अनुरोध गरिसकेको बताउँदै प्रजिअ सिंहले तीजको सांस्कृतिक मह¤वलाई भावी पुस्तासम्म चिनाउनुपर्ने हुँदा सभ्य तरिकाले मनाउनुपर्ने बताए । चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले तीजलाई सभ्य पर्वको रुपमा मनाउनको लागि सहयोग गर्न तयार रहेको भन्दै आफ्नो घर, परिवार, समाजबाट यसको सुरुआत गर्नुपर्ने धारणा राखे ।

14060017_1300963809921429_1288761208_o
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलले महिलाहरु सचेत भएर संस्कृति संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिइन् । अधिकारकर्मी डा। सारदा कुँवरले अहिलेका तीज गीतहरुमा प्रयोग हुने शब्दले गर्दा सांस्कृतिक चिनारी लोप हुने अवस्थामा पुगेकोमा चिन्ता प्रकट गरेकी छन् । पुराना तीजका भाकाहरुमा छुट्टै आत्मीयता र सांस्कृतिक पहिचान, सामाजिक अवस्था, आदिलाई चित्रण गरिए पनि अहिले अवस्था फरक भएको कुँवरले बताइन् ।
समय परिवर्तनसँगै गीत संगीत परिवर्तन हुँदै आएपनि गीत संगीत मार्फत महिला सशक्तिकरणका विषयलाई प्रस्तुत गर्न सकिनेमा नेकपा–माओवादीकी अम्बिका मुडबरीले जोड दिइन् । सारी, गर गहना देखाउनकै लागि तीज पर्व मनाइने प्रवृत्तिको विकास भएकाले संस्कृति संरक्षणमा महिलाहरु एक हुनुपर्ने मुडबरीले बताइन् । कार्यक्रम अन्तर पार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष संगीता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

.