मूख्य काम १७ वटा सामुदायिक वनमा वन्यजन्तु र वन संरक्षण गर्नु हो : अध्यक्ष गुरुङ

वन र वन्यजन्तुको संरक्षण र प्रबद्र्धनमा वन कार्यालय र वरण्डाभार संरक्षित वन मूल परिषद् र उपभोक्ता लगायतका सरोकारवाला निकायहरु लागी पर्नुपर्ने हुन्छ । यसै विषयमा हामीले वन र वन्यजन्तुको संरक्षण एवम् प्रबद्र्धनका लागी जिल्ला वन कार्यालय र वरण्डाभार संरक्षित वन मूल परिषद्संग उनीहरुको भूमिका कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गरेका छौं ।

saroj grg (bimal)प्रस्तुत छ जिल्ला वन कार्यालय चितवनका वन अधिकृत गणेश राय र वरण्डाभार संरक्षित वन मूल परिषद् चितवनका अध्यक्ष सरोज गुरुङसंग  पत्रकार शकर निर्देशले  गरेको कुराकानी :
प्रश्न : स्वागत छ सरोज जी, तपाईलाई ?
उत्तर : धन्यवाद ।
प्रश्न : वरण्डाभार संरक्षित वन मूल परिषद् चितवनको तपाई अध्यक्ष हुनुहुन्छ । वन र वन्यजन्तुको संरक्षणका लागी तपाईको संस्थाले कस्तो भूमिका निर्वाह गरेको छ र ?
उत्तर : यसमा हामीले जिल्ला वन कार्यालय चितवनसंग सहकार्य गरेर हाम्रो समितिमा सम्मिलित विभिन्न १७ वटा सामुदायिक वनहरुमा जंगली जनावर एवम् वनको संरक्षण गरिरहेका छौं । यसको अलबा हामीले वन डढेलो रोक्न पनि विभिन्न प्रयासहरु गर्दै आएका छौं । त्यस्तै ढलापडा रुखहरुलाई व्यवस्थापन गर्न तर्फ पनि हामी र हाम्रो परिषद् सक्रिय छ ।
प्रश्न : सफल कत्तिको भएको छ परिषद्, वनको संरक्षण र व्यवस्थापन गर्ने सवालमा ?
उत्तर : पहिलेको तुलनामा हामी वर्तमान अवस्थामा धेरै नै सफल छौं भन्नुपर्छ ।
प्रश्न : वनको छुट्टै महासंघ पनि छ । महासंघसंग तपाईहरुको सहकार्य छ कि छैन ? 
उत्तर : महासंघ त संगठन जस्तो संस्था हो । वरण्डाभार चा“हि राष्ट्रिय नितिका रुपमा बनेको परिषद् हो । सहकार्य त वनसंग सम्बन्धित संस्था भएपछि सहकार्य त भई नै हाल्छ नि ।
प्रश्न :  वनमा विभिन्न समयमा आगलागी हुने गर्दछ । यसको नियन्त्रणका लागी परिषद् पनि जिम्मेबार होईन र ? 
उत्तर :  हाम्रो परिषद्को जिम्मेबारी हुन आउ“छ आगलागी रोक्नका लागी । तर, यसमा सबैभन्दा बढी जिम्मेबार पक्ष वन कार्यालय नै हो । वन उपभोक्ता समितिका उपभोक्ताहरु पनि उत्तिकै जिम्मेबार हुनु आवश्यक छ, वन डढेलो रोक्नका लागी ।
प्रश्न :  वनको संरक्षण परिषद्ले थालेको पहल के छ ? 
उत्तर :  मानव र वन्यजन्तुबीच द्वन्द नहोस् भन्नका लागी हामीले मानव बस्ती भएको जंगल छेउमा जाली लगाउने पहल थालेका छौं । जुन क्रमिक रुपमा व्यवस्थापन गर्दै जानेछौं ।
प्रश्न :  काठको व्यवस्थापन चा“हि कसरी गरिरहनुभएको छ ? 
उत्तर :  विषेशगरी सालको काठ जहा“ धेरै छन्, त्यहाबाट काठ अपुग भएको क्षेत्रमा ल्याएर उपभोक्ताहरुलाई वितरण गर्ने गरेका छौं ।
प्रश्न :  परिषद्ले वन क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न के गर्दैछ ?
उत्तर :  जलदेवी र चर्तुमुखी सामुदायिक वनमा पार्क बनिसकेको छ । त्यस्तै नवजागृतिमा पनि ताल निर्माणको काम भईरहेको छ । यसरी नै हामीले विभिन्न वन क्षेत्रभित्र ताल, पार्क, पिक्निक स्पट लगायतको निर्माण गरेर पर्यटन प्रबद्र्धनमा सहयोग गर्नेछौ ।
प्रश्न :  अनि उपभोक्ताहरुको फाईदाको लागि  नि  ?
उत्तर : उनीहरुका लागी पनि हामीले खाली जग्गालाई घा“से मैदान बनाउने लगायतका काम गर्नेछौं । अहिले पदमपुरमा अमरिसो खेती भईरहेको छ । त्यस्तै थानखोला र चर्तुमुखी सामुदायिक वनमा बा“सको खेती गरिएको छ । यसरी विभिन्न योजनाहरु ल्याएका छौं ।
प्रश्न : यस बाहेक परिषद्ले गर्ने कामहरु के के छन् र ?
उत्तर : सामुदायिक वनमा आवद्ध दलित एवम् विपन्न वर्गका व्यक्तिहरुका लागी उनीहरुको आर्यआर्जनमा टेवा पुगोस् भन्ने हेतुले यसवर्ष हामीले बाख्रापालन, भैसीपालन, बंगुर पालन, माछापालन, डेरी संचालन, साडीमा कडाई गर्ने, व्यूटिसियन, सिलाई कटाई लगायतका तालिमहरु संचालन गर्ने योजना बनाएका छौं । यसैगरी पुरुषहरुका लागी मात्र भनेर मोटरसाईकल मर्मत, ड्राईभि·, कुक, वेटर लगायतका तालिम दिदै आईएकोमा अब अन्य तालिमहरु पनि थप गरेर संचालन गर्नेछौं ।
प्रश्न : अन्त्यमा, के भन्न चाहानुहुन्छ र ?
उत्तर : सामुदायिक लगायतका वन क्षेत्रको संरक्षण गरी वनभित्र पाईने विभिन्न किसिमका जडीबुटिहरुको पहिचान गरी यसलाई औषधीको रुपमा प्रयोग गर्न सकेमा मानव स्वास्थ्य यसले ठूलो मद्दत पुग्ने थियो । अब सरकार यस विषयमा गम्भिर हुनुपर्ने देखिन्छ । जोश राष्ट्रिय साप्ताहिकबाट