दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खादा दुईको मृत्यु, दुई घाईते

दयाराम आचार्य ।
नवलपरासी -भदौ ४।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ,अन्य दुई जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार नवलपरासीको लोकाहामा लु २५ प ८४ ४५ र ना ३६ प ३६ ९० नंम्बरको दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहा निवासी ४२ वर्षीय विश्वराज सुवेदी र देवचुली नगरपालिका १५ निवासी ४६ वर्षीया रविलाल अधिकारी मृत्यु भएको हो । मृतक विश्वराज सुवेदी तिलकपुरको सालबासमा रहेको सनराइज बोडिङ्गका प्रिन्सिपल एवम जिसन नवलपरासीका पूर्व अध्यक्ष हुन् ।
यस्तै सोही दुर्घटनामा परी घाईते हुनेमा नवलपरासीको देवचुली नगरपालिका १५ बस्ने ३५ वर्षका महेश्वर रानाभाट र भुताहा बस्ने वर्ष १६का विक्रान्त सुवेदिरहेका छन । घाईते दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।