तिज पुरुष फुटबल प्रतियोगीताको पहिलो खेलमा सुन्दर सङगम युवा क्लव विजयी

14102193_240934342969254_2194975701541488407_nअनिल भट्टराई भदौ ४ चितवन
तिज कप नकआउट पुरुष फुटबल प्रतियोगीताको आज भएको पहिलो खेलमा आयोजक सुन्दर सङगम युवा क्लव विजयी भएको छ । म्याक्स युनाईटेट क्लव शुक्रनगरलाई ३–२ ले पराजित गर्दै सङगम विजयी भएको हो । सङगम युवा क्लव क्लवका अमित गरुङ म्यान अफ द म्याच घोषित भएका छन् । भोलीको पहिलो खेल शिवशक्ति युवा क्लव शिवनगर र हर्दि युवा क्लव भण्डारा विच भिडन्त हुनेछ । भने दोस्रो खेल बसन्तपुर युनाईटेट क्लव माडी र युवा समाज क्लव जगतपुर विच हुने प्रचार सयोंजक आशिष आर्चायले जानकारी दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री जलजित श्रीपालीले आजको समुद्घाटन समारोह सुरुवात गर्नुभएको थियो । सो क्रममा मन्त्री श्रीपालीले खेलाडीको मनोवल बृद्धि गर्न लागी पर्ने बताउनुभएको थियो । फुटबल प्रतियोगीता १८ गतेसम्म जारी रहनेछ ।