क्यानको विवाद मिलाएरै छाड्ने – खेलकुद मन्त्री

भरतपुर, ४ भदौ चितवन ।
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले क्यानको विवाद मिलाउने बताएका छन् ।
भरतपुरमा आज प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रीपाईलीले आफ्नो कार्यकालमा सबैले अनुभूति गर्ने गरी काम गर्ने बताए ।
उनले आफ्नो कार्यकालमा नेपालमा खेलकुद विश्वविद्यालय स्थापना प्रक्रिया सुरु गर्ने बताए । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा खेलकुद मन्त्रालय लागेको भन्दै उनले यसलाई सफल बनाउनु आफ्नो लक्ष्य रहेको बताए । त्यस्तै पूर्वाञ्चलमा गर्ने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतियोगिता तोकिएको समयमै गर्ने दावी गरे ।
मन्त्री श्रीपाईलीले केपी ओली नेतृत्वको सरकारले गरेको युवा परिषद्को नियुक्ति खारेज गर्ने उद्घोष गर्नुभयो । धेरै असन्तुष्टि आएको छ, विकास भनेको त सबै मिलेर गर्ने विषय हो, त्यसमा एकलौटी नहुने बताउनुभयो ।