सवारी दुर्घटनामा परी दुईको मृत्यु

दयाराम आचार्य ।
नवलपरासी, भदौ ३ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको चोरमारा अरुणखोला बीच जंगलमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउंदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलामा सवार दुबै जनाको ज्यान गएको हो ।
दुवै जनाको घटना स्थलमै ज्यान गएको मृतक मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवै जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक शिव शर्मा आचार्यले बताए।
कार र कारचालक इलाका प्रहरी कार्यालय नयाँ बेलहानीको नियन्त्रणमा रहेको छ । प्रहरीले शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा लगिएको छ ।