लायन्स ३२५ बि २ नेपालको पहिलो सम्मेलन भोलि चितवनमा हुँदै

pic

सुजिता हमाल,

चितवन, ०३ भदौ । 
लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालको लायन वर्ष २०१६ ( २०१७ का लागी निर्वाचित एवं मनोनित डिष्ट्रिक्ट पदाधिकारीहरुको पदस्थापन तथा पहिलो सम्मेलन चितवनमा हुने भएको छ ।

पूर्वि चितवनका सम्पुर्ण लायन्स क्लवहरुको सहभागितामा भोली रत्ननगर १ मा रहेको होटल स्टार व्यंक्वेटमा सम्मेलन हुन लागेको हो ।
नेपालभरिबाट १५ सयभन्दा बढी लायन्स सदस्यहरुलाई सहभागि गराईने सो सम्मेलनमा रत्ननगरको कला, संस्कृति, पर्यटन, कृषि एवं विभिन्न क्षेत्रका परिचय एवं सूचनाहरु प्रवाह गरिने अल लायन्स क्लव अफ इस्ट चितवन एरिया ३ ले आज रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

सम्मेलनमा गत बर्षको वार्षिक समिक्षा र यस वर्षका लागी कार्यक्रम तर्जुमा गरिने डिस्ट्रिक्ट ३२५ बि टु फस्ट क्याबिनेट संयोजक लायन निरज श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै गत बर्षको भुकम्प लगत्तै क्षतिग्रस्त १ हजार घर र ३० विद्यालयको पुर्नःनिर्माणको लागी पहल गरिएको भएपनि सरकारी पक्षले स्थान र नक्सा उपलब्ध नगराउँदा निर्माण कार्य अगाडी बढ्न नसकेकाले त्यसबारे थप छलफल हुने उहाँले बताउनुभयो ।

लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ बि २ नेपालका गर्भनर ला. घनश्याम भट्टराईको सभापतित्वमा हुने सो कार्यक्रममा सन २००५ की मिस नेपाल सुगारिका के.सी.ले सहभागि सदस्यहरुलाई प्रशिक्षण पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

सम्मेलन अबधिभर एकसिंगे गैंडाको प्रतिमूर्ति निर्माण गर्ने कलाको प्रर्दशनी, सम्मेनलन सम्पन्न गर्नका लागी बिभिन्न समिती समेत गठन गरिएको चितवन राईनो सिटीका निवर्तमान अध्यक्ष लायन बेद प्रसाद आचार्यले बताउनुभयो ।

उहाँका अनुसार लायन्स एरिया को–चिफ लायन निरज श्रेष्ठको संयोजकत्वमा ३७ सदस्यीय आयोजक समिति, सात सदस्यीय स्टेरिङ्ग कमिटी तथा विभिन्न ११ वटा कार्यगत समितिहरु गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष लायन सुरेसचन्द्र आचार्य, लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन कृष्ण श्रेष्ठ लगायतको उपस्थिती थियो ।