निकुञ्जको कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

 

चितवन, भदौ २ । दुई बर्ष चितवन राष्ट्रिय निकुञ्जमा काम सिलसिलामा ठोरी जादै गर्दा गोलीहानी हत्या गरिएका शेषचन्द्र चौधरीको हत्यारालाई तीन जनालाई ३४ वर्ष कैद सजायको फैसला भएको छ ।Sheschandra न्यायाधीश वासुदेव पौडेलको इजलासले कर्तव्य ज्यान मुद्दा लागेका माडी अयोध्यापुरीस्थित बाँदरझुला– ९ का २७ वर्षीय जीवन प्रजा, १७ वर्षीय गिराज प्रजा र ३५ वर्षीय मानबहादुर प्रजालाई हिजो यस्तो सजाय सुनाएको चितवन जिल्ला अदालतले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा प्रत्येकलाई २० वर्ष अर्थात् जन्मकैद, ज्यान मार्ने उद्योग अन्तर्गत जनही पाँच वर्ष कैद, डाँका मुद्दामा ६ वर्ष कैद र अवैध हतियार अन्तर्गत तीन वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको सूचना अधिकारी बरालले जानकारी दिए । घटनामा संलग्न भनिएका ६ जनामध्ये बाँकी तीन जनाले अस्वीकार गरेका थिए ।
सो घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) नै खटिएको थियो । रत्ननगर– १ सौराहाचोक निवासी चौधरी निकुञ्जको सिनियर गेम स्काउट थिए । शेषचन्द्रलाई निकुञ्जभित्रै २०७१ असोज ९ गते गोलीहानी हत्या गरिएको थियो ।