युवती बेच्न खोज्नेलाई दश बर्ष कैद र पचास हजार रुपैया जरिवाना फैसला

राजेन्द्र आचार्य
चितवन, ०२ भदौं । चितवनमा मानब बेचबिखन तथा ओसार प्रसार संलग्न एक व्यक्तिलाई दश बर्ष कैद र पचास हजार रुपैया जरिवाना फैसला भएको छ । bbbbbbbbbbbbbbbbbbb
गएको जेठ १३ गेत बैदेशिक रोजगारीमा कुवेत पठाई दिने भनि झुक्याई बेचबिखनको लागी भारततर्फ लगेको अवस्थामा पक्राउ परेको सिन्धुपाल्चोक बराम्ची गाविस वडा नं.६ बस्ने, बर्ष ३६ का आकल तामाङ्गलाई दश बर्ष कै र पचास हजार रुपैया कैद फैसला भएको हो । न्यायधिश नारायण सुवेदी एकल इजलासल उक्त फैसाला गरेको जिल्ला अदाल कार्यालय चितवनले जनाएको छ । मानव बेचबिखन तथा ओसार पसार कार्य रोकथाम गर्ने सानाहातहरु नेपाल नामक संस्थाका प्रतिनिधी र डिउटीमा खटिएका प्रहरी कर्मचारी समेतको टोलीले चेकजाँच गर्दा उनलाई पक्रा गरिएको थियो । मध्यपुर ठिमीमा गलैंचा कारखानामा काम गर्ने क्रममा चिनजान भएका आकल तामाङ्गले नाम परिर्वतन सविनालाई बैदेशिक राजगारीको लागी कुवेतमा पठाई दिन्छु र तिम्रो एक रुपैंया पनि खर्च हुँदैन, राम्रो कमाई छ भनेपछि उनलाई भारत तर्फ बेच्न लागेको तामाङ्गले स्वीकार गरेका थिए ।