बेलचोकमा नया व्यवस्थापनको साथमा पन्त मोबाइल

चितवन, ०१ भदौ । नारायणगढको बेलचोकमा नयाा व्यवस्थापनको साथमा पन्त मोबाइल तथा इलेक्ट्रोनिक्सको शुभारम्भ भएको छ । नयाा व्यवस्थापनका साथ सुरु गरिएको मोबाइल पसलको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका थिए । मोबाइल पसल उद्घाटनका क्रममा गौतमले सानो रेडियो पसलबाट सञ्चालन गर्दै अहिले मोबाइल तथा इलेक्ट्रोनिक्स सञ्चालन गर्नु सफल व्यवसायीको उदाहरण भएको बताए । लगनशील भएर काम गरेको अवस्थामा सबै व्यक्ति सफल हुने समेत अध्यक्ष गौतमको भनाइ थियो । आफूले थालेको व्यवसायलाई सानो ठूलो नभनी मिहेनत साथ काम गर्दै अगाडि बढेमा भविष्यमा त्यसले ठूलो रुप लिने समेत गौतमले बताए । मोबाइल पसलको उद्घाटनका क्रममा पन्थ मोबाइलका सञ्चालक जगदिश पन्तले ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै बेलचोकमा पसल सञ्चालन गरेको बताए । सुलब दरमा ग्राहकलाई सरल सेवा उपलब्ध गराउनु तथा बढ्दो बजार र जनसंख्यालाई मध्यनजर गर्दै पसल विस्तार गरिएको पन्तको भनाइ थियो । उक्त पसलबाट सामसुङ, लाभा, माइक्रोम्याक्सलगायतका मोबाइल फोनहरु बिक्री गरिने समेत पन्तले बताए । मोबाइल पसल उद्घाटनका क्रममा बेलचोक टोल विकास संस्थाका अध्यक्ष नन्दराम घिमिरे, चितवन कम्युनिकेशन व्यवसायी संघका अध्यक्ष लक्ष्मीदत्त सापकोटालगायतले मन्तव्य राखेका थिए