चितवनमा अनलाइनबाट स्वास्थ्य परिक्षण रिर्पोट सेवा सुरु गरिने

चितवन, ०१ भदौ । मेडिकल सिटीको रुपमा स्थापित चितवनमा उच्चस्तरीय प्रविधिको सहयताले स्वास्थ्य परिक्षण सुरु भएको छ । सिड मेडीकल ल्याबोरेटोरिज प्रालि भरतपुरले छिटो छरितो रुपमा स्वास्थ्य सेवा दिन उच्चस्तरीय प्रविधिको सहयताबाट सेवा सुरु गरेको हो ।aa सीड मेडीकलले चााडै अनलाइन रिर्पोट सेवा सुरु गर्ने जनाएको छ । छिटो छरितो रुपमा गुणस्तरीय स्वास्थ्य परिक्षण सेवा सञ्चालनमा ल्याएको सिड मेडीकलले स्वास्थ्य परिक्षण गर्न आउने बिरामीको ल्याव आइडी तयार गरेर रिपोर्ट तयार भएलगत्तै मोबाइलमा सन्देश जाने गरि अनलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । हाल यो सेवा परिक्षणकालका रुपमा सञ्चालनमा छ । भरतपुरमा पत्रकार सम्मेलन गरि यो जानकारि गराइएको हो ।seed medical
“ल्यावमै रिपोर्ट कुरेर बस्नुपर्ने अवस्था रहनेछैन”, सिड मेडीकल ल्याबोरेटोरिजका प्रवन्धक निर्देशक अविनाश कुमार श्रीवास्तवले भने,”सन्देश पाएपछि रिपोर्ट लिन आउने व्यवस्था कार्यान्वयन हुदैछ, अनालाइनमै यूजर एकाउण्टको सहायताबाट रिपोर्ट समयमै चिकित्सकलाई देखाउन पनि सघाउ पुग्छ ।” सिड मेडीकलले साउनदेखि ३ सय ७१ प्रकारका जटील तथा सामान्य स्वास्थ्य परिक्षणहरु गर्दै आइरहेको ल्यावका इन्चार्ज सगुन अधिकारीले जानकारि दिए । IMG_20160808_111511उनका अनुसार क्यान्सर, थाइराइड, हर्मन, भिटामिन, पाठेघरको मुखको क्यान्सर, औसत सुगरको जाच, ४२ प्रकारका एलर्जी लगायतको परिक्षण हुने गर्दछ । “क्यान्सर सम्बन्धि परिक्षणका लागि उच्चस्तरीय प्रविधि सञ्चालनमा ल्याएका छौं”, उनले भने,”बायोप्सी तथा क्यान्सर सम्वन्धि सम्पूर्ण जााचको रिपोर्ट २४ देखि ७२ घण्टाभित्रै उपलब्ध गराउन सक्छौं ।”bbb रगत सम्बन्धि सम्पूर्ण परीक्षण, विशेषज्ञहरुद्वारा उच्चस्तरीय मेसीनबाट परिक्षण हुने गरेको जनाइएको छ । ल्यावका टेक्नीकल सुपरभाइजर तिर्थराज गौतमले उच्चस्तरीय मेसीन तथा प्रविधिले गर्दा छिटो र गुणस्तरीय परिक्षण सहज भएको बताए । १५ जनाले करिव ३ करोड ७५ लाख खर्चेर अन्तराष्ट्रियस्तरको ल्याव चितवनमा सुरु गरेका हुन् । IMG_20160808_111418सीड मेडीकलका परामर्शकर्ता भारतको एपोलो हस्पिटलका सर्जीकल प्याथोलिजीष्ट डा. प्रभु मेगनाथनले परिक्षणका क्रममा देखापर्ने समस्या निराकरण गर्न आवश्यक अनुसार स्वदेशी तथा विदेशी प्याथोलोजिष्टसाग अनलाइनमै परामर्श लिने सेवा सुचारु हुनु राम्रो भएको बताए ।unnamed “जटील रोग पत्ता लगाउन आपसी छलफल र अध्ययनले सघाउने गर्छ”, उनले भने,”भारतमा लगेर गरिने महत्वपूर्ण टेष्टहरु चितवनमै गर्ने वातावरण बन्नु सुखद पक्ष हो ।” चितवनमा यो सञ्चालनमा आएलगत्तै दैनिक परिक्षणका लागि भारत पुर्‍याइने करिव २ सय स्याम्पल चितवनमै परिक्षण गर्न सक्ने अवस्था आएको छ । सिड मेडीकलमा बेकमेन एक्सीस टु, वेनस्परा, ह्युमास्टर, एचपीएलसी लगायतका उच्चस्तरीय प्रविधिहरु जडान भएका छन् ।