पोलिटेक्निकले बनाए मानिसहरुको उद्दार गर्न सक्ने यन्त्रमानव (भिडियोसहित)

 

राजेन्द्र आचार्य
चितवन, ०१ भदौ । चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक एन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीले विभिन्न विपद्मा परेका मानिसहरुको उद्दार गर्न सक्ने यन्त्रमानव (रोवट) निर्माण गरेका छन् । जसलाई (BAD PKSH) राखिएको छ । जसलाई ११ जना विद्यार्थीहरु मिलेर बनाएका थिए ।14037921_1176996099008860_537941551_o

पोलिटेक्निक एन्स्टिच्यूटको इलेक्ट्रिकल ओभरसीयर छैटौं सेमिस्टरमा अध्यरत विद्यर्थीहरुले प्राकृतिक प्रकोपमा जमिन तथा मानव निर्मित सरचना भित्र फेसका कामदार तथा मानिसहरुलाई उद्दार गर्न सक्ने यन्त्रमानव (रोवट) निर्माण गरेका हुन् ।

 

सो यन्त्र मानव भत्किएका स.रचना र जमिन भित्र गई त्याहा. भएका जीवित मानिसलाई उद्दार गर्न सक्ने विशेष सूचना जडित प्रविधि प्रयोग गरि बनाईएको निर्माणकर्ता विद्यार्थी प्रजेक्ट लिडर अभिषेक काफ्लले जानकारी दिए ।
रोवट यस्ता ठाउमा गई आईरहेको कुराको अलर्ट दिने गर्दछ । विद्यार्थीहरुले निर्माण गरेका रोवट ५० हजार रुपैया लागत लागेको छ ।

रोबर्टले संरचनाभित्र पुरिएर रहेका मानिसहरुको अवस्थाको बारेमा भिडियो तथा अडियो सूचनाहरु नियमित प्रवाह गर्ने गरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताए । ब्याड पाकस ९द्यब्म् एब्प्क्ज्० नामाकरण गरिएको उक्त रोबर्ट वाईफाईको माध्यमबाट कम्प्युटर तथा मोबाईल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने खतिवडाले बताए ।

विशेष प्रकारको ३६० डिग्री घुमाउन मिल्ने क्यामरा जडान गरिएको उक्त रोबर्टले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ । रोबोर्टको माध्यमबाट वपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पुर्‍याउन सक्ने गरी डिजाईन गरिएको छ । विद्यार्थीहरुले ५० हजार रुपैयाा लागतमा करिब ७ महिनाको मिहिनेतपछि उक्त रोबोर्ट तयार पारेका हुन् ।
इन्स्िटच्युटका पि्रन्सिपल ईञ्जिनियर बाबुराम उपाध्याययले प्राकृतिक विपत्तिमा परेकाहरुको उद्धारमा रोबर्ट सहयोगी हुने विश्वास व्यक्ति गरे । आगामी दिनमा यसलाई अझै सुधार गरी लैजान कलेजले सहयोग गर्ने उनले बताए ।

कलेजका प्रशासन प्रमुख शिवप्रसाद सुवेदीले सो रोवटलाई सूपथ मूल्यमा बजारमा ल्याउने जानकारी दिए ।