क्यान्सर अस्पतालमा फेरि विचौलीया गर्ने दुई जनालाई सार्वजनिक मुद्दा
चितवन ०१ भदौ । चितवनमा फेरि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दुई विचौलीयलाई सार्वजनिक मुद्दा चलाईएको छ । पक्राउ गरेको छ ।
अस्पतालमा उपचार गर्न आएका विरामीलाई डाक्टर डाक्टर भेटाइदिन्छु भन्दै अस्पताल नजिक गेष्ट सञ्चालन गर्ने दुई जनालाई रगें हात पक्राउ गरि थप अनुसन्धान पछि सार्वजनिक मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । यसरी मुद्दा चलाईएकामा क्यान्सर अस्पताल नजिकको तनहुँ बन्दीपुर गेष्ट हाउसका प्रतिनिधि बासुदेव अधिकारी र बाँके बर्दिया गेष्ट हाउसका प्रभात शमा रहेको उनले बताए । २ दिन अगाडी पक्राउ गरेकोलाई आज मुद्दा दयारा गरेपछि प्रहरी प्रमुख वसन्त कुवंरले जानकारी गराएका हुन् ।
उनीहरुले बिरामीहरुलाई डाक्टरहरुसगं भेटाउने, औषधी उपचारमा सहयोग र छुटका विभिन्न प्रलोभन देखाएको स्वीकार गरेको कुँवरले जानकारी गराए । यसअघि मात्रै चितवन प्रहरी र अस्पताल प्रशासनको सहयोगमा ५ कर्मचारी सहित २० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएकोमा सबै धरौटी राखी छुटकारा पाएका थिए ।
चितवनमा प्रहरी विचौलीय नियन्त्रयण अभियान अनर््गत यस्ता कार्य निरन्तरता दिदै आएको छ ।