रावल दाजुभाईले भित्राए चितवनमा पहिलो पटक ‘सुपर डिलक्स’ पर्यटक वस (तस्वीर र भिडियो)

राजेन्द्र आचार्य /  शरद आचार्य
चितवन, ०१ भदौ । चितवनमा सडक मार्ग हुदै आउन चाहाने पर्यटकहरुलाई लक्षित गरि पहिलो पटक ‘सुपर डिलक्स’ मापदण्ड सहित पर्यटक बस सञ्चालनमा आएको छ । 20160817_073427चितवनमा क्रमिक रुपमा पर्यटकहरुको संख्यामा वृद्धि हुने सम्भावना बढेसगै शारदा टुर्स प्रा.लि.ले दुई वटा नयां सुविधासम्पन्न वस चितवनमा भित्राएको हो । तिनै पर्यटकलाई दृष्टिगत गरी बसमा लगानी गरेको कम्पनी जनाएको छ ।

 

कम्पनीले बुधबारबाट चितवन–काठमाडौं र काठमाडौं–चितवनका लागि नयाँ बस सञ्चालनमा ल्याएको हो । पर्यटक बसमा चितवनका दुई दाजुभाईको संयुक्त लगानी छ । भारतको पञ्जाबमा ३ महिना लगाएर बनाईएको बस यूरो–४ मापदण्डका रहेको उनले जानकारी दिए ।

 

बसमा ३५ जनाको सिट क्षमता रहेको छ ।Sharada tours bus

दाजुभाईले २ करोड बढी रुपैयाँ लगानीमा पर्यटक बस सञ्चालनमा ल्याएका हुन् । ‘पहिलो चरणमा दुईओटा सुविधासम्पन्न बसबाट सेवा सञ्चालन गर्दै छौं,’ सञ्चालक सुरेन्द्रबिक्रम रावलले भने, ‘ चितवनबाट काठमाडौं र काठमाडौंबाट चितवनका लागि दैनिक एकरएक बस सञ्चालन हुन्छन् ।’20160817_083611
सडक मार्ग हुँदै चितवनमा आउने पर्यटकलाई सहज र आरामदायी यात्राका लागि पर्यटकीय बस सञ्चालन गर्न लागेको शारदा टुर्सका प्रबन्ध निर्देशक राजेन्द्र बिक्रम रावलले बताए । ‘सञ्चालनमा आउन लागेका बसको हरेक सीटमा मोबाइल चार्जसहितको फुल एसी व्यवस्था छ,’ उनले भने –वसमा यात्रु सुविधा एयर सस्पेन्सन सिष्टम जडान सहित डिजिटल सिट नम्बर व्यवस्था छ । ’20160817_083256
बसमा यात्रारत यात्रुका लागि ५ लाखबराबरको बीमाको व्यवस्थासमेत गरिएको उनको जानकारी गराए । बसमा निःशुल्क वाइफाई, अनलाइन टिकट बूकिङको व्यवस्था, ३२ इन्चको एलईडी टीभी र मुभी सिष्टम, प्राथामिक उपचार बक्स, बसमा आगलागी भए त्यसलाई नियन्त्रण गर्न आगो नियन्त्रक यन्त्र बसको विशेष सुविधा छ । भने यसका अलवा पत्रपत्रिका पढ्ने र पानीको निशुल्क व्यस्था गरिएको छ ।20160817_083822 ‘सुपर डिलक्स’ मापदण्डबाट सञ्चालनमा आउन लागेको बसमा ‘फ्लोरिङ’ हुनेछ ।20160817_083825 ‘एसी’ र ‘हिटर’को सुविधा रहेको छ । सिधा बस सुविधा नहुँदा अहिलेसम्म चितवनबाट काठमाडौं जान चाहने पर्यटकले महँगो भाडा तिरेर रिजर्भ गर्नुपरेकोमा अब त्यो समस्या हट्ने पर्यटन व्यवसायी एवं क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले बताए ।20160817_083910 ‘सुपर डिलक्स’मा सयर गर्न नेपाली ६ सय रुपैया मुल्य कायम गरिएको छ । चितवनमा ६ वटा संस्थामा पर्यटकहरु सञ्चालित छ ।