दाउन्नेमा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु १४ जना घाईते

दयाराम आचार्य 
नवलपरासी, साउन ३२ । नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेमा मंगलवार दिउसो जिप दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । १४ जना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दिउसो ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना १ ज १३,१७ नम्बरको जिप व्रेक फेल भई ना ६ ख ५०,७३ नम्बरको ट्रकमा ठोकिएर भित्तामा ठोकिन पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जनाको घटना स्थलमा र एक जना महिलाको उपचारको क्रममा बर्दघाटको संजीवनी हेल्थ क्निकमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये २ जना को सनाखत भएको छ । सनाखत हुनेमा शुक्रौली ८ बस्ने २८ वर्षको जिप चालक सुधाखर पाण्डे र भारतको धर्मपुर बस्ने २६ वर्षको चिन्टु साहानिरहेका छन । दुई जना महिलाको सनाखत हुन बाकी छ ।
घाईते सबैलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी उपचारकालागि भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।