अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्टले भोली निशुल्क सेमीनार गर्दै

चितवन, साउन ३२ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै भोली (मंगलबार) एक दिने सेमीनार आयोजना गरेको छ ।

नारायणगढस्थित लायन्सचोकमा कार्यालय रहेको एक्सपर्टले भोली भरतपुर गार्डेन रिर्सोटमा सो सेमीनार आयोजना गर्न लागेको हो । सेमीनार विहान ११ः३० बाट दिउँसो २ः३० बजेसम्म चल्ने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
सेमीनार चाल्र्स स्र्टट युनिभर्सिटि, युटिएस इन्सर्च र काप्लान विजनेस स्कूलका प्रतिनिधिहरुको साथै एक्सपर्ट सिड्नीका निर्देशक बद्री अर्याल (MARN 0852737) तथा एक्सपर्ट ब्रिसबेनका निर्देशक सागर अर्याल (QEAC HQ11) ले अष्ट्रेलियाको शिक्षाको बारेमा जानकारी दिने एक्सपर्ट चितवनका दिर्नेशक अधिकारीले जानकारी दिनुभयो ।
एक्सपर्टले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई सही परार्श दिएर विद्यार्थीको क्षमता अनुसारको युनिभर्सिटिहरुमा अध्ययनका लागि पठाउने गरेको छ । साथै अष्ट्रेलिया पुगिसकेपछि पनि विद्यार्थीहरुलाई आवश्यक पर्ने सेवा तथा सूचनाहरु अष्ट्रेलिया कार्यालय मार्फतबाट दिने गर्दछ ।

.