हिन्दु धर्म कर्मकाण्डमै बढि केन्द्रित : स्थानिय बिकास अधिकारी पोखरेल

ज्ञानेन्द्र तामाङ
चितवन, ३१ साउन ।चितवनका स्थानिय बिकास अधिकारी श्रवण कुमार पोखरेलले हिन्दु धर्ममा केहि नया र बैज्ञानिकता ल्याउन जरुरी रहेको बताउनुभएको छ । पुर्वी चितवनको रत्ननगर १४ डुम्रीचोकमा नवनिर्मित गणेश मन्दिरको उदघाटन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो । 14044900_1082293338519259_54506246_oउहाँले हिन्दु धर्म बिशेष गरि जन्म, मृत्यु लगायत विभिन्न कर्मकाण्डमै केन्द्रित रहेकाले यसमा परिवर्तन हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । अहिलेको युगमा अन्य आगन्तुक धर्मसँग हिन्दु धर्मले प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउदै उहाँले समाजमा बिकास निर्माण एवं जनचेतना फैलाउनेजस्ता काममा हिन्दु अनुयायीहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका उहाँले मन्दिर निर्माण हुनुले सास्कृतिक प्रबद्र्धनमा ठुलो योगदान पुगेको बताउनुभयो । मन्दिरको भौतिक संरचनालाई अझै सभ्य बनाउनका लागि आगामी बैशाखसम्ममा मन्दिरलाई जिविसको तर्फबाट पनि सक्दो बजेट निकासाको प्रबन्ध मिलाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका रत्ननगर नगर सभापति रुपनराज घिमिरेले सबैको साझा चौतारीको रुपमा मन्दिर निर्माण भएको र मन्दिरले सबैलाई एकजुट बनाउन महत्व राख्ने धारणा राख्नुभयो । त्यस्तै नेकपा एमाले का रत्ननगर नगरअध्यक्ष बद्रि घिमिरेले मन्दिर निर्माणमा समाजमा एक प्रकारको उज्यालो थपिएको बताउनुभयो । अब मन्दिरको संरक्षण्मा पनि जोड दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बिश्व हिन्दु महासंघका अञ्चलस्तरिय अध्यक्ष हरिबिलास खनाल, जिल्ला अध्यक्ष लक्ष्मी कट्टेल, जागृति युवा क्लबका अध्यक्ष सन्तोष खनालले बोल्नुभएको थियो । गणेश मन्दिर ब्यवस्थापन समितिकी सचिव रिता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम समितिकी अध्यक्ष गीता देवकोटाको अध्यक्षतमा सम्पन्न भएको थियो ।

.