दुर्लभ क्यानक्रम ओरिस शल्यक्रिया गर्न चितवन मेडिकल कलेज सफल (तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य

चितवन, ३१ साउन । विश्वमै दुर्लभ मानिने क्यानक्रम ओरिस भन्ने रोगको सफल शल्यक्रिया चितवन मेडिकल कलेज सपलता मिलेको छ । सो उपचार अस्पतालले निशुल्क रुपमा गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । हामी नयाँ–नयाँ उपचारका लागि तप्पर छौ, नकि हामीले जनताको सहजताका लागि केहि नयाँ अप्रेशन निशुल्क पनि गर्दै आएका छन् । Cmc ko
विश्वमा हाल सम्म सम्म जम्मा ३५ जनामा देखा परेको सो रोगको झण्डै ७ घण्टाको अथक प्रयास पनि सो सफलता मिmेको अस्पतालले जनाएको छ ।
राजधानी काठमाडौंमा दुई पटक सम्म पनि अप्रेशन गरेर सफल नभएपछि चितवन मेडिकल कलेजमा सोलुखुम्बु जिल्ला बुङ्गादोभान घर भएकी १८ वर्षीया सरिता राईलाई सो रोगबाट शल्यक्रिया पछि सफलता मिलेको उपचार स.लग्न डाक्टर डा. सुशील सुवेदीले जानकारी दिए ।

 

 

14045378_1175084889199981_1152736079_o क्याक्सिलोफासियन सर्जन डा. सुवेदी र डा. सुमित सिंह तथा एनेस्थेशियन डा. गोपेन्द्र देवको सामूहिक प्रयासमा दुर्लभ शल्यक्रिया सफल उनको दावी छ ।
यो म्याक्सफिेसियल सर्जरी सेवालाई अस्पतालले नेपाल मा नै उत्कृष्ट भएको दावी पनि गरेको छ । 14011756_1175084215866715_923796023_n
राईमा अनुहारमा किटाणुको संक्रमण भई मासु कुहिने र जसले गर्दा अनुहारको माथिल्लो भागको हड्डी र तल्लो भागको हड्डी जोडिएर मुख खोल्न र जिब्रो निकाल्नसमेत नमिल्ने समस्या भएको थियो ।14054824_1175084229200047_940629560_n अनुहारको हड्डी टुटे फुटेकालाई जोड्ने र मिलाई बाहिर देखिने भागलाई साधारण बनाएको छ । यसरी काठमाडौमा पनि हुन नसकेको उपचार चितवनमा पाई आफ्नै रुप नै परर्वतन गरि सहयोग गरेको राईले अस्पताललाई आगामी दिनमा पनि सामाजिक सेव ागर्न सुझाव दिईन् । 14044997_1175084882533315_320452515_o
। १९ गते भर्ना भएकी सरिताको २१ गते शल्यक्रिया सम्भव भई ३० देखि उनलाई पत्रकार भेटघाटपछि घर पठाईएको अस्पतालमा अप्रेशन पारस अधिकारीले बताए । यसअघि पनि अस्पतालले झण्डै ३ महिना लामो निशुल्क उपचार पछि भुकम्प पिडितलाई घर फर्ककाएको थियो ।