आत्मसमपर्णवादी धारणा नत्याग्दा राजनैतिक स्थायीत्व आएन् : अधयक्ष थापा

चितवन, ३१ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका राजनैतिक दलहरुले अन्य देशहरुसंग आत्मसमपर्णवादी धारणा नत्याग्दा राजनैतिक स्थायीत्व आउन नसकेको आरोप लगाएका छन् ।चितवनमा मिडिया नेपालले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा थापाले यस्तो वताएका हुन् । उनले १२ वुदे समझदारी गरेदेखि संविधान जारी हुने दिन असौज ३ गतेसम्म राम्रो नभएको भारतसंगको सम्वन्ध त्यसपछि सुधार भएको भन्दै अव पुन विग्रने दावी गरे । सरकार पविर्तन गर्नेका लागि राख्न खोजिएको समवन्ध स्थायी र स्थिर नुहने भन्दै थापाले राजनैतिक स्थायीत्व विना परिवर्तन सम्भव पनि नभएको वताए । उनले वर्तमान सरकार मन्त्रीपरिषद विस्तारमै अल्झेको कारण पनि संविधानको कार्यान्यवन र निर्वाचन भन्ने विषय गराउन नसक्ने ठोकुवा गरे ।