चितवनमा खेल्ने सुरु नयां खेल युनि हक्की (भिडियोसहित)

 

राजेन्द्र आचार्य/शरद आचार्य
चितवन, ३१ साउन । चितवनमा पहिलो पटक नयाँ खेल युनि हक्की खेल सुरु गरिएको छ । विभिन्न खेलकुदका कारण अग्रणी बन्दै गएको चितवनमा युनि हक्की खोच तालिम सम्पन्न गर्दै खेल सुरु गरिन लागेको हो । Uni_hocekey  in chitwanअन्तराष्ट्रिय रुपमा परिचित युनि हक्की खेलमा प्रशिक्षक बनेका युनि हक्की संयोजक सुकु रमतेल(लभसन उपहार)को पहलमा यहाँ नयाँ खेलाडीहरुलाई प्रशिक्षित गराईएको हो । चितवन जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा विभिन्न विद्यालयका ३५ जना ईच्छुक खेलाडीलाई सुकु रमतेल(लभसन उपहार), सँजय राई, राजु तामाङ्गले प्रशिक्षण दिएका थिए । सो अवसरमा खेलाडीलाई युनि हक्की केहो, कसरी खेल्ने, नियम लगायत खेल नै खेलाई प्रशिक्षित गराईएको थियो । खेलाडी तयार भएसगै जिल्लामा नै प्रतियोगिता गर्ने आयोजकको भनाई छ ।