चितवनमा यसरी जुटे माओवादी (तस्वीर र भिडियोसहित)

प्रकाश ज्ञावाली / राजेन्द्र आचार्य
चितवन, ३१ साउन । एकीकृत माओवादीवाट फुटेर टुक्रा टुक्रामा विभाजित भएका चितवनका माओवादीहरु आज एक भएका छन् ।20160815_135449

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुर कृष्णपुरमा आज एकता अधिवेशन गर्दै सवै माओवादीहरु एक भएको घोषणा गरेका हुन् । एकतासभाको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचनले उद्घाटन गरेका हुन् ।20160815_135339

सो समारोहमा प्रचण्ड, वैद्य, विप्लव, मणी थापा समुुुहका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । हजारौको संख्यामा रहेका नेता कार्यकर्ताहरु लामो समयपछि एकैथलोमा भेटिदा आपसमा खुशीयाली वाड्दै वधाई आदानप्रदान समेत गरिरहेका देखिन्थे ।

20160815_135403

सो अवसरमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचनले माओवादीहरुले फुटको राजनीतिवाट ठूलो पाठ सिकेकोले अव नया उत्साहका साथ एकतावद्ध भई नया उचाईमा पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा केन्द्रिय सल्लाहकार खम्बासिहं गुरुङ्गले माओवादी एकजुट भएकोमा खुसी व्यक्र गर्दै यसलाई संस्थागत गरि अघि बढ्न सुझाव दिए ।20160815_135329

यस्तै स्थायि कमिटी सदस्य नारायण दाहालले माओवादीहरु एकजुट हुनुको किवल्प नरहेको भन्दै अबका दिन छुटेका माओवादीहरुलाई समेत एकतामा आउन आग्रह गरे । माओवादी केन्द्रलाई देशको ठूलो पार्टी बनाई आमुल परिर्वतनका पक्षमा माओवादी सधै अग्रस्थानमा रहने अर्को स्थायि कमिटी सदस्य सूर्य सुवेदी पथिकले बताए ।20160815_135349

यसैगरि माओवादी केन्द्र किसान स.गठनका केन्द्रिय अध्यक्ष चित्र बहादुर श्रेष्ठले माओवादी जनलहर बढाउन किसानहरु अग्रसर भए मात्रै माओवादी थप उचाईमा पुग्न्े दावाी गरे ।20160815_135435

जिल्ला ईन्चार्ज ईशवरी भट्टराईको अध्यक्षमा सम्पन्न एकता भेलामा जिल्ला कार्यालय सदस्य प्रकाश खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने ज्ञानु बस्नेत, अमृत थापा, जन गायक खुसीराम पाख्रीन लगायतले बालेका थिए ।