देवघाटमा अन्तिम सोमबार भक्तजनको भीड (तस्वीरसहित)

 

राजेन्द्र आचार्य/शरद आचार्य

चितवन, ३१ साउन । तीन जिल्लाको पवित्र तीर्थस्थले देवघाटमा साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि भक्तजनको भीड देखिएको छ । यससगै यहां महिना व्यापी बोल ॐ महोत्सव पनि गरिदै आएको छ । ओम (ॐ) शब्दमा अलौकिक शंक्ति रहेकाले बम शब्दलाई हटाएर बोल ओमको नामबाट महोत्सव गत बर्ष देखि सुरु भएको थियो ।14045492_568858726649811_233735568_o
कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्दछ ।

साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहँलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ऊं मेला भर्न आएका छन् ।

५ वटा सोमबार गरेर झन्डै २ लाख बढी दर्शनार्थीले मेला भरेको अनुमान गरिएको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टंकनाथ पौडेलले जानकारी दिए । आज अन्तिम सोमबार मात्रै ७५ हजार बढीले दर्शन गर्न अनुमान गरेको पौडेलले बताए । 13987944_568858633316487_649064603_o
साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सवेरै स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।
धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले साउन महिनाभरि बोल ऊं महोत्सव नै आयोजना गरेको होे ।14012666_568858613316489_523346409_o

साँझदेखि नै यहाँ आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका झक्तजन आज स्नान गरी शिवलाई गङ्गाजल र बेलपत्र चढाएर फर्कने गर्दछन् ।

योपटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम चलिरहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।14037812_568858789983138_1131567690_o

महोत्सवमा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, लगायत भारतका लाखौ भक्तजनहरु जल भर्ना तथा चढाउन आउन् गर्दछन् ।
यस्तै भारबाट समेत खाली खुट्टामा मेला भर्न आउँछन् 14001741_568858866649797_1799537037_o
महोत्सव आयोजक समितिले धार्मिक पर्यटक आकर्षित गर्न ३० फिट अग्लो शिवको मूर्ति स्थापना गर्न शिलन्यास समेत गरिसकेको छ । यसैबीच चितवनको रत्ननगर, माडी, पर्सा, भण्डारा, भरतपुरको महाकालेश्वर मन्दिरलगायत शिवालयमा बिहानैदेखि पूजा गर्ने भक्तजनको भीड लागेको छ ।