‘अन्तर्राष्ट्रिय स्तरको सेवा दिन सक्षम सिड मेडिकल ल्याव’

चितवनमा पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा स्थापित हुँदै गइरहेको छ । जसका कारण चितवनलाई मेडिकल सिटीका रुपमा स्थापित गराउन यहाँ धेरै स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढीरहेको छ । यस क्रममा स्वास्थ्य जाच गर्ने नयाँनयाँ प्रविधिसमेत भित्राउने क्रम बढेको छ । सोही अनुरुपमा जिल्लामा नै पहिलो पटक अत्याधुनिक प्रविधिसहित सिड मेडिकल खुलेको छ । यसैको सेरोफेरोमा रहेर सिड मेडिकलका प्रबन्ध निर्देशक अविनाशकुमार श्रीवास्तवसँग सौराह अनलाईन सह–सम्पादक शिव आचार्यले गरेको कुराकानीको सारसंक्षेप :IMG_20160808_111511

प्रश्न : सिड मेडिकल के हो ?
वैदेशिक टेक्नोलोजिको साथमा सुलभ, छिटो, छरितो, विश्वासिलो, गुणस्तरीय डाइनोष्टिक सेवा प्रदान गर्ने उद्देश्य बोकेर सिर्जित सम्भवतः नेपालकै कान्छो समूहको उपज हो । जसको स्थापना डा. प्रभु मेगनाथन र श्री तीर्थराज गौतमज्यूहरुबाट व्याङ्लोरस्थित अपोलो अस्पतालको प्याथोलोजी विभागबाट प्रारम्भिक सोच भएको हो । त्यसपछि सो प्रारम्भिक सोचलाई मूर्त रुप प्रदान गर्नको लागि अविनाशकुमार श्रीवास्तव, गोविन्द चालिसे, सगुन अधिकारी, सुनिता (ढकाल) कोइराला, हरि भुसाल संलग्न हुनुभयो ।
सिड मेडिकल ल्याबरोटरिज नेपालमा नै बसेर केही गरौँ भन्ने सोचले यही विषयमा अध्ययन गरेका युवाहरुको पहिचान हो । सिड मेडिकल ल्यावरोटरिज चितवनको भरतपुरस्थित एयरपोर्ट अगाडि बुद्ध एयरको अफिससँगै रहेको छ ।
प्रश्न :मेडिकल सिटी चितवनमा यसको आवश्यकता किन महसुस भयो ?
चितवन नेपालको मध्य भाग र यसमा पनि ठूला ठूला दुईवटा मेडिकल कलेज, क्यान्सर अस्पताल, कम्तीमा पनि २५ वटा जति प्राइभेट अस्पताल र सरकारी अस्पताल रहेको ठाउँ जसलाई सरकारको पनि मेडिकल हव बनाउने निर्णय भएकाले साथै विरामीहरुले समयमा उचित सेवा नपाएको अवस्थालाई मध्यनजर गरी यसको आवश्यकता महसुस गरियो ।seed medical
प्रश्न : यो प्रविधि नेपालमा पहिलो पटक चितवनमा नै किन भित्राउनु भयो ?
हामीकहाँ सामान्य परीक्षण, विभिन्न प्रकारका हर्मोन परीक्षण, ट्युमर मार्कर परीक्षणका साथै विदेशमा प्रयोग हुने टेक्नोलोजी भित्राई हामीले चितवनबाट दैनिक रुपमा २ सयभन्दा बढी स्याम्पल भारत पठाउने क्रमलाई सक्दो कम गर्ने प्रयास हो । कम्तीमा यसको केही भाग हामीले चितवनमा रोक्न सक्यौँ भने पनि राष्ट्रको पैसा बाहिर जाँदैन फलस्वरुप राष्ट्रसेवामा केही टेवा दिन सकिन्छ भनी यो कार्यको थालनी गरेका हौँ । यति मात्र नभई नेपालबाट भारत स्याम्पल पठाउने क्रममा समय बढी लाग्ने, व्यवस्थित तवरले निर्यात नगरेको खण्डमा सही परीक्षण नहुने हुँदा गुणस्तरीय प्रविधि हुँदा पनि गुणस्तरीय रिपोर्ट प्राप्त गर्न कठिनाई भएको समस्यामा ध्यान केन्द्रित गरी यो प्रविधि चितवनमा भित्राइएको हो । जसले गर्दा जनमानसले गुणस्तरीय रिपोर्ट कम समयमा नै प्राप्त गर्न सक्नेछन् ।
प्रश्न : यहाँ के के जाँच हुन्छ ?
सिड मेडिकल ल्यावरोटरिजमा रगत, दिसा, पिसाबसम्बन्धी ससाना जाँचका साथसाथै हर्मोनसम्बन्धी जाँच, क्यान्सरसम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि उपलब्ध छ । नेपालमा नै पहिलोपटक अफिसिल्याली Beckman मेशिनबाट अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पनि यो ल्याव सक्षम  छ । अब छिट्टै यस ल्याबले क्यान्सरको जाँच (ICH ) पनि सुरु गर्ने पूर्वतयारीमा छ ।

IMG_20160808_111418
प्रश्न : विरामीले यो सुविधा सहज रुपमा कसरी लिन सक्छन् ?
यस सिड मेडिकल ल्याबरोटरिजले रिपोर्टको विश्वसनीयता र सर्वसुलभ मूल्य अनि छिटो रिपोर्ट दिने कोसिस गरिरहेको छ । यस ल्याबमा मानिसहरु सिधै आफ्नो सम्पूर्ण जाँच गराई स्वास्थ्यसम्बन्ध्ी परामर्श पनि लिन सक्छन् । यसका साथै अब छिट्टै नै इन्टरनेटको सुविधा लिई घरमै नमुना संकलनको लागि Online Test Request फर्म भरी स्वास्थ्य परीक्षण गरी सो परीक्षणको रिपोर्ट पुनः घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।
प्रश्न : यस ल्याबको विशेषता के हो ?
नेपालमा पहिलोपटक विश्वकै सर्वोत्कृष्ट प्रविधि भएको मेशिनबाट थाइराइड, अन्य हार्मोन तथा क्यान्सर जाँच, चितवनमा पहिलो पटक महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने LBC प्रविधि, चितवनमा नै पहिलो पटक विश्वकै सर्वोत्कृष्ट प्रविधिबाट अघिल्लो तीन महिनाको औसत सुगर लेभल जाँच गर्ने, रगतसम्बन्धी सम्पूर्ण जाँच, विशिष्ट जाँच गर्ने, रगतसम्बन्धी सम्पूर्ण जाँच, विशिष्ट विशेषज्ञहरुद्वारा उच्चस्तरीय मेशिनबाट दैनिक रुपमा गरिने, गुणस्तरीय परीक्षण न्यून शुल्कमा गरिने, सम्पूर्ण जाँचहरुको रिपोर्ट उही दिन दिने, अनलाइन रिपोर्टको व्यवस्था
(घरमा बसेर रिपोर्ट हेर्न पाइने), घरमा नै नमुना संकलनको व्यवस्था, अत्याधुनिक तरिकाबाट रगत संकलन गरिने, ४२ प्रकारका एजर्जी परीक्षण गर्नेजस्ता विशेषताहरु रहेको अवगत गराउन चाहन्छौँ ।
प्रश्न : यो ल्याबमा विरामी किन आउने ?
यो ल्याब बाहेक अन्य ल्याब नभएका र सेवा नगरेका पनि होइनन् तर पनि यस सिड मेडिकल ल्याबरोटरिजमा विशिष्ट प्रविधि, गणतस्तरीय निदान, सर्वसुलभ मूल्यका साथसौ छिटो, छरितो रिपोर्ट र स्वास्थ्यसम्बन्धी सम्पूर्ण परामर्श लिनका निमित्त यस ल्याबमा आउन हामी विनम्र अनुरोध गर्दछौँ ।
यस ठाउँमा ल्याबहरु धेरै भए पनि Quality control को अभाव छ । ठूला अस्पतालहरुमा प्रयोगशालालाई कम महत्व दिइन्छ । यसकारण यति धेरै अस्पताल र ल्याबहरु हुँदाहुँदै पनि Reference Lab को यस ठाउँमा टड्कारो आवश्यकता थियो । ल्याबमा मात्र केन्द्रित हुँदा गुणस्तरमा बढी ध्यान दिन सकिन्छ ।
प्रश्न : स्वास्थ्य क्षेत्रमा ल्याबको के महत्व छ ?
उपचारको समग्र प्रक्रियामा ल्याबको प्रमुख भूमिका हुन्छ । एउटा रिपोर्ट गलत आयो भने उपचारनै उल्टो हुन जान्छ । नयाँ प्रविधिको विकाससँगै रोग लागेपछि मात्र नभएर रोग नलाग्दै शरीरको असमान्य वा जोखिमपूर्ण अवस्थाको पहिचान हुन सक्छ र समयमै रोगको पहिचान भएमा निदान गर्न सजिलो हुन्छ । यसले गर्दा शरीरको नियमित स्वास्थ्य जाँच गर्न आवश्यक छ र यसको महत्व पनि त्यत्तिकै हुन्छ ।
प्रश्न : अन्तमा तपाईंलाई केही भन्नु छ ?
तपाईंको यस पत्रिकामार्फत् हाम्रो यस ल्याबका बारेमा आम जनसमुदायका अगाडि कुरा राख्न पाएकोमा तपाईंको पत्रिका र तपाईंलाई विशेष धन्यवाद छ र स्वास्थ्य सेवाग्राहीमा स्तरीय र सर्वसुलभ स्वास्थ्य जाँचका लागि हामीकहाँ आउनु हुन सादर अनुरोध गर्दछु । रोग लाग्नुभन्दा रोगको बाटो नै बन्द गर्नु उत्तम उपाय हो त्यसैले शरीरको स्वास्थ्य जाँच विरामीले मात्र नभई सबैले गर्न आवश्यक छ । हस् त धन्यवाद, नमस्कार ।