क्रिस्टलमा कक्षा १२ का बिद्यार्थीेद्धारा कक्षा ११ का बिद्यार्थीलाई स्वागत

बिशाल सापकोटा,
चितवन, ३० साउन । पुर्वि चितवनको क्रिस्टल कलेजका कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत तथा मायाको चिनो बितरण गरेका छन ।

आज रत्ननगर–८ स्थित कलेज परिसरमा कक्षा १२ का बिद्यार्थीले एक बिशेष कार्यक्रमको आयोजना गरि भर्खरै एस.एल.सी. परिक्षा उर्तिण गरि कलेजमा भर्ना भएका कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरेका हुन ।

13934685_1074592092619612_5128539936970086746_n

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य जि.एन. अर्यालले नवप्रवेशी बिद्यार्थीहरुलाई उच्च शिक्षा पाप्तिका लागी शुभकामना दिनुभएको थियो ।

उहाँले कलेजमा अध्ययनक्रममा आईपर्ने बिभिन्न समस्या र जिज्ञासालाई सम्बन्धित निकायमा जानकारी गराउन समेत बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

पुर्वि चितवन क्षेत्रमा क्रिस्टल कलेजको स्तर निकै माथि रहेको दावी गर्दै प्राचार्य अर्यालले आफ्नो भविष्य र कलेजको पहिचान उच्च राख्ने गरि पढाईलाई जोड अनुरोध गर्नुभयो ।

IMG_20160814_080217
कलेजका सह–प्राचार्य नगेन्द्रराज पाण्डे, डिसिप्लिन ईन्जार्ज टंक प्रसाद पराजुली, शिक्षक नारायण शर्मा पौडेल, बिष्णुबाबु जोशी, शिक्षिका श्रद्धा अर्याल, सन्ध्या क्षेत्रि, एन्जल्स बोर्डिङका निर्देशक गोबिन्द लामिछाने लगायतको उपस्थिती थियो ।

13892090_1074592329286255_7841276475468769492_n

स्वागत कार्यक्रमको औपचारिक समारोहपछि बिद्यार्थीहरुले आ–आफ्ना सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

13882309_1074593245952830_2036563355167967782_n

कक्षा १२ कि छात्रा साहारा गिरी र सैलेन्द्र सापकोटाले सञ्चालन गरेको कार्यक्रम आयोजक समुहका अध्यक्ष भुपाल गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

13895175_1074594192619402_5548728490322256196_n