लायन्स र लियोको संयुक्त बृक्षारोपण कार्यक्रम

चितवन, २९ साउन । लायन्स क्लब अफ् चितवन स्टार र लियो क्लब अफ् चितवन स्टारको संयुक्त आयोजनामा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बृक्षारोपण कार्यक्रममा क्लबले विभिन्न प्रजातिका करीब ५०० बिरुवा रोपेको छ । क्लबले कालिका सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रभित्र बृक्षारोपण गरेको कार्यक्रम संयोजक लायन ज्ञान प्रसाद तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लब र लिओ क्लब का सदस्यहरु र कालिका बनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै कालिका बनका अध्यक्ष माधब गिरिले क्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै लियो क्लब अफ चितवन स्टारका अध्यक्ष लियो गणेश पौडेलले सामुदायिक बनको संरक्षणमा जुट्नुपर्ने बताएका थिए ।
लायन्स ३२५ बि टु का एरिया चिफ पर्सन निरज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा लियो काउन्सिल ३२५ बि टु डिस्ट्रिक्ट टिजर लियो सुजन पाण्डे बिशिस्ट अतिथी रहेका थिए ।