बालिका शिक्षा बारे एक दिने अन्र्तक्रिया

सुजिता हमाल,

चितवन, २९ साउन । बालिका शिक्षा र बिकासका लागी, बालिका शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । आज (शनिबार) चितवनको रत्ननगरमा बालिका शिक्षा प्रबद्र्धनका लागी महिला पत्रकारहरुको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्ले सहभागीहरु यस्तो बताएका हुन ।

14030645_1033820790048565_1336488959_n
कार्यक्रममा किशोरी शिक्षाको अवस्था, किशोरी शिक्षाका बाधकहरु, किशोरी शिक्षा फस्टाउन नसक्नुका कारणहरु लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा चितवन, नवलपरासी, मकवानपुर, रुपन्देही जिल्लाका क्रियाशिल १५ महिला पत्रकारहरुको सहभागिता थियो ।

14012092_1033820393381938_1353717099_n

युनेस्कोको आयोजनामा भएको एक दिने अन्र्तक्रियात्मक कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितीका केन्द्रिय सदस्य ईन्दिरा अर्याल, शिक्षाबिद् लक्ष्मि खनाल, युनेस्कोका तपराज पन्त, ओमशर्मा चापागाई लगायतले सहजिकरण गर्नुभएको थियो ।