त्रिभुभन आर्मी क्लब नेपाल कपको फाइनलमा 

भरतपुर, २९ साउन । विभागीय टिम त्रिभुवन आर्मी क्लब नारायणगढमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमीफाइनल जित्दै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो । राष्ट्रिय खेलाडीले बलियो आर्मीले काठमाडौंको न्यूरोड टिम (एनआरटी)लाई ४–१ गोलअन्तरले पराजित ग¥यो । foottball
खेलको पहिलो गोल गरेपनि एनआरटीले हार टार्न सकेन । उसका लागि पहिलो गोल पहिलो हाफको २४ औं मिनेटमा जर्सी नम्बर १२ का वीरेन्द्र थापाले गरेका थिए । पहिलो हाफमा आर्मीलाई कडा टक्कर दिएपनि नतिजा भने विपक्षमै गयो । आर्मीमा राष्ट्रिय टोलीको पहिलो रोजाइँका खेलाडी नवयुग श्रेष्ठ र भरत खवास, गोलरक्षक विकेस कुथु, भरपर्दा मिडफिल्डर राजु तामाङ तथा टंक बस्नेत टिममा छन् ।
आर्मीका लागि पहिलो हाफको ३६ औं मिनेटमा हिरण्य मगरले गोल गरे । एनआरटीको फलमा पाएको फ्रिकिकलाई उनले सुन्दर ढंगले गोलमा परिणत गरे । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा आर्मीका मिडफिल्डर टेकबहादुर थापाले गोल गर्दै अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा आर्मी तुलनात्मकरुपमा बढी हावी भयो । दोस्रो हाफको २० औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै टिमलाई ३–१ को स्थितिमा पु¥याए । लगत्तै २२ औं मिनेटमा सन्तोष तामाङले सहज गोल गर्दै टिको जित सुनिश्चित गरे ।
आर्मीका लागि पहिलो गोल गरेको हिरण्य मगर खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई समाजसेवी सुदीपसिंह अधिकारीले ट्रफी प्रदान गरे ।
प्रतियोगितामा आइतबार दोस्रो सेमीफाइनल खेल हुँदैछ । जसमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टिम एक–एक खेल खेलेर सेमीफाइनलमा पुगेका हुन् । जित्ने टिमले आर्मीसँग सोमबार उपाधिका लागि भिडन्त गर्नेछ ।
स्पोर्टस् फर अल क्लब नेपालको आयोजनामा क्याम्पाचौर नारायणगढमा जारी प्रतियोगिता जित्नेले ट्रफीको साथमा ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोस्रो हुनेले २ लाख रुपैयाँ पाउनेछ ।