पत्रकार गोपाल परियारलाई प्रेस सेन्टर नेपाल चितवनले सहयोग तथा सम्मान (भिडियोसहित)

ज्योति अधिकारी 
चितवन, २९ साउन । लामो समयदेखि पत्रकारीतामा योगदान पु¥याउनु भएका मृगौला रोगका कारण विरामी रहनुभएका पत्रकार गोपाल परियारलाई प्रेस सेन्टर नेपाल चितवनले सहयोग तथा सम्मान गरेको छ । एकताको सम्मेलनपछि प्रकास ज्ञावालीको कार्यसमितिले पहिलो काम अन्तरगत प्रेस सेन्टरका सल्लाहाकार समेत रहनुभएका परियारलाई सम्मानन र सहयोग हस्तान्तरण गरेको हो ।press center photo

 

विगत २ दशक भन्दा बढि सपयदेखि पत्रकारीतामा सक्रिय परियारले पत्रकारीतामार्फत समाज रुपान्तरण र पत्रकारीता आन्दोलनमा सशक्त भुमिका खेलेकोमा उच्च सम्मान व्यक्त गर्दै सम्मान पत्र सहित सम्मान गरेको प्रेस सेन्टर नेपालका सचिब राजेन्द्र आचार्यले जानकारी दिनुभयो । परियारकै निबासमा पुगेर प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यालय सदस्य सुरेशचन्द्र अधिकारी , केन्द्रिय सदस्य चिन्तामणी पौडेल , प्रेस युनियन केन्द्रका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य , प्रेस सेन्टरकी निवर्तमान अध्यक्ष शान्ता अधिकारी ,प्र्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी सहित प्रेस सेन्टर नेपालका अध्यक्ष प्रकाश ज्ञावालीले संयुक्त रुपमा दोसल्ला ओडाई सम्मान गरेका थिए भने परियारको उपचारको लागी सेन्टरका सम्पुर्ण सदस्यबाट संकलित नगद १५ हजार समेत सेन्टरका अध्यक्ष प्रकाश ज्ञावालीले हस्तान्तरण गर्नुभएको थिए ।press cent 2सम्मान ग्रहण गर्दे परियारले आफुलाई घरमा आएर सम्मान संगै उपचारको लागी सहयोग गरेकोमा सेन्टर सहित सबै पत्रकारलाई धन्यबाद दिनुभएको थियो । सो अबसरमा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यालय सदस्य सुरेशचन्द्र अधिकारीले सामाजिक उत्तरदायित्व संगै अग्रज पत्रकारको सम्मानको लागी सेन्टरले गरेको कार्यको प्रशंसा गनुभयो ।

कार्यक्रममा बोल्दै प्रेश युनियन केन्द्रका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सेन्टरले गरेको कार्यको प्रसंशा गर्दे यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले परियारको उपचारको लागी प्रेश युनियनले पनि सहयोग गर्ने प्रतिबद्दता व्यक्त गनुभयो । मृगौला लगाएत अन्य रोगका कारण उपचारको क्रममा रहनुभएका परियारलाइ सहयोग गर्न सेन्टरका अध्यक्ष ज्ञावालीले सबैलाई अपील गनुभयो । उहाले सेन्टरले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । सेन्टरका अध्यक्ष प्रकाश ज्ञावालीको अध्यक्षतामा गरिएको कार्यक्रममा सेन्टरका उपाध्यक्ष सुमन गैरेले स्वागत मन्तव्य निवर्तमान अध्यक्ष शान्ता अधिकारी लगाएलते बोल्नुभएको थियो ।

.